Techie IT
×
गृहपृष्ठसमाजदाँतको बीचमा खाली ठाउँ हुनुको अर्थ थाहा छ ?

दाँतको बीचमा खाली ठाउँ हुनुको अर्थ थाहा छ ?


एजेन्सी । मानिसहरुको दातँको अगाडिको भागमा खाली ठाउँ हुनुलाई सुन्दरताको दृष्टिले राम्रो मानिदैन । तर वास्तबमा यसको अर्थ जान्नुभयो भने तपाईपनि आश्चर्यमा पर्नुहुनेछ । अगाडीका दाँतको बिचमा खाली ठाउँ हुनुलाई सामुद्रिक शास्त्रले बुद्धिमताको निशानी मानेको छ।

ठुलो लक्ष : जो व्यक्तिको अगाडीको दाँतको बिचमा खाली ठाउँ हुन्छ ती व्यक्तिको भित्र निकै उर्जा हुन्छ अनि जीवनमा एक ठुलो लक्ष हासिल गर्नेछन्।

हार नमान्ने : दाँतको बिचमा ग्याप हुने व्यक्तिले सजिलै हार मान्दैनन्। खुसी रहन जान्ने हुन्छन् त्यसैले अप्ठ्यारो अवस्था आइपर्दा आत्तिने गर्दैनन्।

अति बोल्ने : सामुन्द्रिक शास्त्रको अनुसार यस्ता व्यक्ति निकै बोलक्कड हुन्छन्। यस्ता व्यक्ति बिना कुनै बिषय बिहान देखि बेलुकी सम्म कुरै मात्र गरिरहन सक्छन्।

खुला बिचार : यस्ता व्यक्ति खुला विचारवाला पनि हुन्छन् अनि साथी पनि छिट्टै बनाउँछन्।

खाना–पिनमा शौखिन : दाँतको बिचमा ग्याप हुने व्यक्तिहरु खाना-पिनाको निकै शौखिन हुन्छन् ।

भविष्य राजसी सुख : सामुन्द्रीक शास्त्रको अनुसार दाँतको बिचमा ग्याप हुने स्त्रीले राजसी सुख भोग्छिन् ।

पतिको प्रेम : जो स्त्रीको माथी र तल १६-१६ दाँत हुन्छन् ती स्त्रीले पतिको निकै प्रेम पाउँछन् ।

लामो दात : जो पुरुषको लामो दाँत हुन्छ, ती पुरुषलाई जीवनमा कहिल्यै धनको कमीको सामना गर्नु पर्दैन।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस