दुध र तरकारी पाईने भुषालको “भुषाल कृषि फर्म”
दाङ – लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी कमल प्रसाद भुषाल बिहान ५ बजे भैसीं गोठमा पुग्छन, भैसीको मलमुत्र सफा गरेर दानापानी दिने अनि दुध दुहुन बस्ने उनको दैनिक कार्य हो ।
उनि संग तिन वटा भैसी छन् ति मध्ये दुई वटाले दुध दिन्छन । ति दुई वटाको दुध पन्ध्र देखि विस लिटर सम्म दुध हुन्छ । बिहान ५ बजे दुध दुहेर भुषाल आफै बजार सम्म पुर्याउने गर्दछन । उनले दैनिक एक हजार पांच सय सम्मको दुध बिक्रि गर्छन । दुध डेरीमा मुल्य अल्लि चित्त बुझ्दो नहुँदा घर—घरमा दिने र केहि होटलमा दिने गरेको उनको भनाई छ ।
अहिले भुषालले प्रति लिटर सहत्तरी रुपैयाँमा दुध बेच्दै आएका छन । दुधमा पानी नमिसाएर दिने गरेकोले मानिसहरु प्रति लिटरलाई सहत्तरी दिन गाह्रो नमान्ने उनले बताए । भुषाललाई यहि पेशामा आनन्द लाग्ने गर्छ । लामो समय भयो भैसी संगको संगत उनको, भैसीलाई दानापानी देखि लिएर मलमुत्र सोहोर्ने सम्मको काम उनि आफैले गर्छन । कहिलेकाँही श्रीमतीले सघाउने गरेको उनले बताए । “शुरु शुरुमा अलिक गाह्रो भएको थियो तर पछि बानि पर्दै गए अब यी भैसीकै कारण अन्यत्र गएर एक ÷दुई दिन बसौं भन्दा नि मन मान्दैन” उनले भने ।
यहि तरकारी र भैसीको दुध बाट आठ जनाको परिवार पालिएको उनको भनाई छ । परम्परागत तरिकाले भैसी पालन गर्दै आएका भुषाललाई केहि साथीहरुले अब आधुनिक किसिमबाट र ब्यबसायिक हिसाबले लाग्न सुझाए पछी केहि महिना अघि मात्र उनले भुषाल कृषि फर्म दर्ता गराएका छन । उमेरको उत्तरार्धमा पुगेका भुषालमा अझै जोश जाँगर छ, स्थानीय सरकारले व्यवसायिक रुपमा कृषि गर्नेलाई अनुदान दिन्छ भन्ने सुनेको छु त्यहि भएर अलि मेहनत गर्दै छु उनले भने । यदि स्थानीय सरकारबाट अनुदान पाए पछि भैसीका लागि एउटा राम्रो गोठ बनाउने योजनामा छन् उनि ।
यति मात्र हैन कमल प्रसाद भुषाल एक मेहनेती कृषक पनि हुन । उनले झन्डै एक बिगाह क्षेत्रफल जमिनमा तरकारी लगाएका छन । तरकारी खेती गर्न लागेको करिब दश वर्ष भैसकेको छ । उनको बारीमा उब्जिएका सबै जातका तरकारी समयले साथ् दियो भने लमही बजारमै खपत हुने गर्छ । “तरकारी खेती संग संगै गर्दा मलाई भैसी बाट आएको मल बारीमा प्रयोग गर्न मिल्दा रासायनिक मल किन्न परेको छैन” सजिलो भएको छ भुषालले भने। शुरुमा उनले लमही बजारमा चिया नास्ता पसल गरे त्यताबाट खास्सै आम्दानी नभए पछी कृषि तिर लागेका हुन ।
केहि दिन अघि मात्र उनले करिब पन्ध्र हजारको मुला मात्र बिक्रि गरेका छन । अन्य तरकारी भन्दा लसुनमा राम्रो मूल्य पाउने गरेको बताउदै गत वर्ष साठी हजार बराबरको लसुन बिक्रि गर्न भ्याएका थिए तर त्यो वर्ष टमाटरबाट घाटा व्यहोर्न परेको थियो । अहिले उनले थोरै क्षेत्रफलमा टमाटर लगाएका छन । तेह्र कट्ठा जतिमा बन्दा गोभी लगाएका छन् भने यो सिजनको तरकारी निकाले पछि फेरी प्याज लगाउने तयारी थालेका छन ।
अबको केहि दिन पछि उनको बारीमा हरियो केराउ तयार हुँदैछ । अघिल्लो वर्ष उत्पादन भएका तरकारीले बजार भाउ नपाउदा त्यसै फाल्नु परेको भुषालको गुनासो छ । कोरोना लाग्ने डरले हामी बजार नजाने, उताका मानिस गाउँ तिर नआउने लकडाउनको बेला बारीमा फलाएका तरकारी राम्रो संग बेच्न पाईएन घाटैघाटा भएको उनको दुखेसो छ ।
पानी सिंचाईको भने केहि समस्या छ, बारी नजिकै कुलो छ तर उक्त कुलोमा पानी निरन्तर आउदैन । अहिले घर नजिक बाट बग्ने खोलाको पानी सदुपयोग गरेको भुषालको भनाई छ ।
क्याटेगोरी : आर्थिक, समाज
ट्याग : #breaking, #hot
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस