गृहपृष्ठ ∕ समाज ∕ डोली चढ्नु अघि खुप रोईन स्वेता, आफन्तको पनि चल्यो रुवाबासी (भिडियोसहित) डोली चढ्नु अघि खुप रोईन स्वेता, आफन्तको पनि चल्यो रुवाबासी (भिडियोसहित) दीप संञ्चार मंसीर २३, २०७७ गते १७:५६ मा प्रकाशित काठमाडौं – अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो। श्वेताले आइतबार मात्रै सामाजिक सञ्जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्।विभिन्न सञ्चारमाध्यम’मा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन्।सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । उनका आमाबुवासहित एक दाजु छन्।व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो। दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रिन जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’ सुपर हिट भएको थियो। श्वेताले श्रीसँग ‘कोहिनूर’ मा अभिनय गरेकी थिइन्।लामो प्रेम सम्बन्धपछि श्रीकृष्ण र श्वेता २०७१ असार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाहपछि श्रीकृष्णको २०७१ साउन २५ गते भारतको दिल्लीमा निधन भएको थियो।विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन्। बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगए राति आगलागी हुँदा एकै परिवारका चार बालबालिकाको मृत्युशौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्याजुवा खालबाट २९ पक्राउ, ११ लाख बरामदह्याम्बरले हानेर बाबुको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने कटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण