Techie IT
×
गृहपृष्ठग्लोबलगल्फ१० लाख छात्रवृत्ति अक्षयकोष स्थापना गर्दै दाङ्ग देउखुरी सेवा समाज कतार

१० लाख छात्रवृत्ति अक्षयकोष स्थापना गर्दै दाङ्ग देउखुरी सेवा समाज कतार


दोहा, दाङ्ग देउखुरी सेवा समाज दोहा कतारले दाङ्ग जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि भन्दै  रु. १० लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएको छ । स्थापना कालदेखिनै विविध सामाजिक क्षत्रमा उल्खनिय भुमिका निर्वाह गर्दै आएको समाजले पुन दोहामा साँस्कृतिक कार्यक्रम गरी उक्त रक़म संकलन गर्न लागेको हो ।

नेपाली हिन्दुनारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी यही अगस्ट ३० का दिन सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडेमी हलमा कार्यक्रम गर्दै गरेको समाजले जानकारी गराएको छ ।

फ़ाइल तस्वीर : गायिका भुमिका गिरी

समाजले आफ्नो फ़ेसबुक पेजमा एक पोष्ट सार्वजनिक गर्दै कतार बासि सम्पूर्ण दङ्गाली, गैर दङ्गली नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, कतारमा स्थापित राजनीतिक दल, जिल्ला बासी, धार्मिक, जातीय सामाजिक संघ-सस्थाहरु, व्यवसायी, पत्रकार एवं बुद्धिजीवी सबैमा बिगत स्थापना काल देखि  यस समाजले चालाएका हरेक सामाजिक कार्यमा भौतिक, आर्थिक तथा नैतिक रुपले साथ पाएकोमा हार्दिक आभार प्रकट गरेको छ । साथै समाजले यस अभियानका लागि पनि अपेक्षाका साथ विशेष अनुरोध गरेको छ ।

फ़ाइल तस्वीर : गायिका टीका सानु

विगतमा जस्तै यसपटक पनि तिज कार्यक्रम आयोजना गरेको कुरा जानकारी गराउन पाउँदा अत्यन्तै हर्षोलास्मय भएको वताउदै समाजले यस बर्ष पनि पछिल्लो समयमा चर्चामा रहेका लोक गायिका द्वय भुमिका गिरी र टीका सानुलाई नेपालबाट आमन्त्रित गरेको बताएको छ । प्रबासमा रहेर पनि नेपाली पन र कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न धार्मिक पर्वहरु मनाउदै आइरहेको हुँदा यस पटक पनि राष्ट्रीय कलाकार द्वय गिरी र सानुका साथमा स्थानीय कलाकारको पनि बेजोड़ प्रस्तुति रहने समाजका प्रथम उपाध्यक्ष छविलाल बुढाथोकी ‘रेशम’ले दीप सञ्चारलाई जानकारी दीएका छन् ।

बढाथोकीले कतार स्थित  सम्पूर्ण संघ संस्था व्यावसायिक, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत सबैलाई  संस्थागत पत्राचार गरिने बताउदै कारणबस पत्र प्राप्त नभएमा यसै दीप सञ्चार मिडीया मार्फ़त  उपस्थित भैदिनुहुन सबैमा  विनम्र  अनुरोध गरेका छन् । साथै समाजका अध्यक्ष हेम बहादुर बस्नेतले बिगत जस्तै हाम्रो संस्थाको सामाजिक अभियानमा साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् ।


क्याटेगोरी : समाज, गल्फ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस