Techie IT
×
गृहपृष्ठसमाजअसल श्रीमान् बन्नको लागि केहि टिप्सहरु

असल श्रीमान् बन्नको लागि केहि टिप्सहरु


तपाइँ श्रीमतीको लागि यस्तो व्यक्ति हो जसले जिन्दगीभरको लागि खुशी राख्छु, सुरक्षा गर्छु र हरेक आवश्यकताको पूरा गर्छु भनेर कसम खानु भएको छ । पतिले आफ्नी पत्नीलाई कस्तो सुरक्षा अनि माया दिनुपर्छ ? थुप्रै मानिसलाई सानैदेखि पतिको मुख्य कर्तव्य भनेको परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्नु हो भनेर सिकाइएको हुन्छ । तर भौतिक रूपमा सम्पन्न केही महिला भावनात्मक रूपमा असुरक्षित मात्र नभई डर समेत महसुस गर्छन्‌ । एक असल श्रीमान बन्नको लागि शारीरिक र भौतिक आवश्यकता मात्र पुरा गरिदिनु पर्याप्त छैन । हर कोहि व्यक्तिको भावनात्मक आवश्यकता पनि हुन्छन भावनात्मक आवश्यकता भन्नाले माया ख्याल साथ सहयोग आदि पर्दछन । असल श्रीमान बन्नको लागि केहि टिप्सहरु तल उल्लेख गरिएका छन ।

✍️रोमान्टिक हुनु :
रोमान्टिक बन्नुको अर्थ जहिल्यै शारीरिक सम्बन्धको लागि तयार हुनु होइन न त रोमान्स व्यक्त गर्न क्यान्डल लाइट डिनरको सहारा लिनु नै हो, तर कहिलेकाही श्रीमतीलाई तपाइको लागि आफु विशेष भएको अनुभव हुन्छ। कहिलेकाही प्रेमपूर्ण नोट लेखर उनका लागि छोडनुपर्छ, कहिले इमेलमा वा फोनबाट प्रेमपूर्ण मेसेज पठाउनु उचित हुन्छ । उनलाई उनी तपाइको लागि अरु सबै चिज भन्दा महत्वपूर्ण छिन र तपाईको मन मस्तिष्कमा जहिल्यै छाउने गर्छिन भन्ने खालको भाव व्यक्त गर्नुपर्छ ।

✍️समझदार हुनु :
परफेक्ट श्रीमान् बन्नु छ भने श्रीमतीको मनोभाव र समस्यालाई राम्ररी बुझ्नु आवश्यक छ । यदि उनी कुनै कुराबाट तनावग्रस्त छिन वा हरेक कुरामा झर्किने गर्छिन नराम्रो महशुस गर्छिन वा रिसाउने गर्छिन भने आफै रिसाउनुको साटो उनलाई के कुराको समस्या परेको, के कुरा चित्त बुझेको छैन भन्ने बारे बुझ्ने कोशिस गर्नुपर्छ । यो समस्या शारीरिक वा भावनात्मक दुवै हुन सक्छ । यतिबेला उनलाई तपाईको सबैभन्दा बढी आवश्यकता हुन्छ । उनको साथ दिनुपर्छ, उनको कुरा सुन्नुपर्छ । उनको चिन्तालाई हाँसोमा उडाउने र नाटक गर्दै गरेको बताउनुले स्त्रीलाई आहत पुग्छ र उनी आफ्नो समस्या शेयर गर्न रुचाउँदिनन् ।

✍️शिष्ट व्यवहार देखाउनु :
शिष्ट व्यवहारले तपाईको श्रीमतीलाई माया गरेको बिशेष आभास गराउन सक्छ र यसका लागि तपाईले धेरे मिहनेत गरिराख्नु पर्दैन। जसरी तपाइ श्रीमतीबाट शिष्ट र नम्र व्यबहारको अपेक्षा गर्नुहुन्छ त्यसरी नै श्रीमतीले पनि तपाइबाट त्यस्तै आशा राखेकी हुन्छिन । मात्र आफ्नो बोलचालमा थोरै मिठास र व्यवहारमा शिष्टतालाई समावेश गर्नुपर्ने हुन्छ ।

✍️कुराहरु सुन्ने बानी बसाल्नु :
परफेक्ट श्रीमान् बन्नका लागि राम्रो स्रोता बन्नु अत्यावश्यक छ । श्रीमतीको कुरालाई गम्भीरतापूर्वक सुन्नुपर्छ । उनी मनको कुरा व्यक्त गर्न या मनमा भएको केहि उदासिनताका कुरा ,खुशीका कुरा ,खुल्दुलीका कुरा व्यक्त गर्न चाहन्छिन भने तपाइले उनका कुरा सुनिदिदा यसले उनलाई मनमा शान्ति दिन्छ ।

✍️सुरक्षित अनुभूति गराउनु :
यदि तपाई उनका साथमा हुनुहुन्छ भने उनी हरेक तरिकाबाट सुरक्षित छिन् भनेर महसुस हुनुपर्छ  र तपाईंलाई उनको वास्ता गर्नुपर्छ । बीच–बीचमा फोन गरेर सोध्नुपर्छ कि उनी ठीक तरिकाले अफिस वा घर पुगिन वा पुगिनन् । प्राय: पुरुष सोच्छन् कि कामकाजी स्त्रीलाई सबैतिरको कुरा थाहा हुन्छ नै, बाटोमा कठिनाई हुदैन, केही परेमा फोन गरिहाल्छ नि । यसो सोच्नु श्रीमतीका बारेमा लापरवाह हुनुको संकेत हो । बाटो सजिलो भए पनि उनलाई फोन गरेर सोध्नुले उनलाई मायाँको आभास दिलाउन सक्छ । हरेक स्त्री यस्तो श्रीमानको चाहना राख्छिन, जो संग उनी आफूलाई सुरक्षित महशुस गर्न सक्छिन । स–साना कुराबाट तपाई उनलाई यसबारे अनुभव गराउन सक्नुहुन्छ ।

✍️ बेला बेलामा प्रसंशा गर्न नभुल्नु :
सबै व्यक्ति प्रशंसाको भोको हुन्छन । मान्छे प्रशंसा पाउदा खुशी र बिशेष महसुस गर्छन यिनै कुरा श्रीमतीमा पनि लागु हुन्छ । जो कोहिबाट प्रशंसा पाउनुको अनुभूति सुखद हुन्छ भने झन् आफ्नो प्रिय ब्यक्तिबाट प्रशंसा पाउनु साच्चै नै एक स्वर्गीय खुशी मिल्छ । त्यसैले उनको सुन्दरता र कार्य कुशलताको प्रशंसा गर्नुपर्छ । उनले बनाएको परिकार जुन स्वादिष्ट बनेको छ त्यसबारे खुलेर प्रशंसा गर्नुपर्छ ।

✍️सहयोगी बन्ने कोशिस गर्नु :
बच्चाको हेरचाह र अन्य घरको काममा सहयोग गर्नुपर्छ र उनलाई अनुभूति दिलाउनुपर्छ कि तपाई जहिल्यै उनको सहयोगका लागि उपलब्ध हुनुहुन्छ । कहिले काही बजारबाट फलफूल, सागसब्जी आदि ल्याउने गर्नुपर्छ । सातामा एक पटक भान्सामा उनको मद्दत गर्नुपर्छ वा कुनै स्पेशल खाना बनाएर खुवाउने गर्नाले श्रीमती आभारी हुन्छिन ।

✍️कर्तव्य र वाचा पूरा गर्नु :
पुरुषलाई लाग्छ मेरी श्रीमती मलाई प्रेम गर्छिन, त्यसैले यदि मैले यो काम गर्दिन वा कुनै गरिएको वाचा गरिएन भने पनि उनलाई नराम्रो लाग्दैन , केहि हदसम्म यो संभव पनि हुन्छ तर सधै भनेका कुरा पुरा नगर्नुले श्रीमतीले आफ्नो कुनै महत्व नभएको महसुस गर्छिन । यस्तो व्यवहारले उनले मन खिन्न बनाउँछ । स–साना कुरा पनि श्रीमतीका लागि महत्वपूर्ण हुने गर्छ, जसमा तपाईको ध्यान नगएको हुनसक्छ । यदि साँझमा कतै घुम्न लैजाने वाचा गर्नुभएको छ भने अफिसबाट थोरै चाँडै निस्कने  घुम्ने र घुमाउने बाचा पुरा गर्नु उचित हुन्छ ।

✍️निर्णय लिने क्षमता राख्नु :
यदि तपाई कुनै कुरामा आफू सही छु भन्ने थाहा छ भने चाहि जेसुकै होस, आफ्नो विश्वासमा अडिग रहनुपर्छ । यस्ता पुरुषमा कोही पनि स्त्री भरोसा गर्न सक्छन् । तर यसको अर्थ जिद्दी हुनु वा कुनै कुरामा अडिनु होइन । जे सही छ, त्यसका पक्षमा उभिनु र अरुलाई यसमा विश्वास दिलाउनु हो । जो पुरुष राम्रो लिडर बन्न सक्छ र विना कुनै दुविधा निर्णय लिन सक्छ, उ माथि श्रीमतीको विश्वास बढी हुन्छ ।

✍️आर्थिक आवश्यकताको  ख्याल राख्नु :
श्रीमतीलाइ पनि घरमा खर्च गर्न  दिने गर्नुपर्छ ।  श्रीमतीले हरेक साना साना चिज किन्नको लागि पनि सधै अरुसंग पैसा माग्नु नपरोस । उनका लागि समय–समयमा उपहार ल्याउनुपर्छ र घरका सर–सामान ल्याउनमा कञ्जुसी गर्नु हुँदैन । कहिलेकाहीँ उनलाई सपिङमा लग्नुले पनि तपाइँ असल श्रीमान भएको अनुभूति श्रीमतीले गर्न सक्छिन। उनलाई उनको खुसी तपाईलाई महत्वपूर्ण छ भन्ने आभास दिलाउनुपर्छ ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस