Techie IT
×
गृहपृष्ठसमाजबैतडीमा १८ वर्षीया किशोरी बलात्कृत

बैतडीमा १८ वर्षीया किशोरी बलात्कृत


बैतडीमा एक किशोरी बलात्कृत भएकी छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाकी १८ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।

किशोरीको उजुरीको आधारमा किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असार २७ र भदौ २३ गते राति घरमै बोलाएर जबरजस्ती करणी गरेको आरोपमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनका अनुसार किशोरमाथि जवरजस्ती करणी मुद्दा दर्ता भएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । घटना किन ढिलो सार्वजनिक भयो भन्ने बिषयमा पनि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।


क्याटेगोरी : समाज
ट्याग : #बलात्कार

तपाईको प्रतिक्रिया दिनुहोस