गृहपृष्ठ ∕ समाज ∕ राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु दीप संञ्चार कात्तिक ६, २०७६ गते १४:१२ मा प्रकाशित काठमाडौं, बुधबार बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भ-याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्युयसैबीच, मकवानपुरको बकैया गाउँपालिका–४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाउँपालिका–७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्णबहादुर ल्होको मृत्यु भएको हो ।बिहान साढे ९ बजे हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३, ०३ ००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप