गृहपृष्ठ ∕ समाज ∕ राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु राजधानीमा बसको ठक्करबाट एक महिलाको मृत्यु दीप संञ्चार कात्तिक ६, २०७६ गते १४:१२ मा प्रकाशित काठमाडौं, बुधबार बिहान बसको ठक्करबाट राजधानीमा एक महिलाको मृत्यु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको हलचोकमा बिहान ९ बजे बा४ख ८४०६ नम्बरको बसको ठक्करबाट नागार्जुन नगरपालिका–३, ठुलो भ-याङ बस्ने ६७ वर्षीया सानुमाया श्रेष्ठको मृत्यु भएको हो ।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्युयसैबीच, मकवानपुरको बकैया गाउँपालिका–४ तामारखोलामा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बकैया गाउँपालिका–७ अँधेरीका अन्दाजी ५५ बर्षीय कृष्णबहादुर ल्होको मृत्यु भएको हो ।बिहान साढे ९ बजे हात्तीसुडेबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३, ०३ ००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी चौकी हात्तीसुडेले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकको प्रहरीको निगरानीमा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै