Techie IT
×
गृहपृष्ठसमाजखुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एकजना महिला पक्राउ

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एकजना महिला पक्राउ


इटहरी उपमहानगरपालिका-१७ मझौरा बस्ने ३२ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सामान्य विवादको क्रममा कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले निमालाई खुकुरीसहित पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी कमलाको धरान घोपा हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाज
ट्याग : #पक्राउ

तपाईको प्रतिक्रिया दिनुहोस