Techie IT
×
गृहपृष्ठसमाज‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं

‘प्रेमप्रसाद आचार्य प्रथम शहिद’: दुर्गा प्रसाईं


समाजसेवी तथा उद्यमी दुर्गा प्रसाईंले माघ ११ गते काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अघिल्तिर आत्मदाह गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यलाई प्रथम शहिद भएको घोषणा गरेका छन् ।

पोखरामा बिहिबार आयोजना गरिएको बैंक तथा वित्तिय संस्था सम्बन्धी चेतनामुलक कार्यक्रममा वक्ताको रुपमा सहभागि प्रसाईंले दिवंगत आचार्यको तस्बिरमा माला लगाउँदै उनलाई प्रथम शहिद भएको घोषणा गरेका हुन् ।

‘उहाँ नेपालका प्रथम शहिद हुनुहुन्छ । काठमाडौंको संसद भवन अगाडि गएर आत्मदाह गर्ने आचार्यलाई आज पोखराबाट नेपालकै प्रथम शहिदको रुपमा घोषणा गर्दछौं, प्रसाईंले भनेका छन् ।

पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

माघ १० गते मंगलबारका दिन प्रेम प्रसाद आचार्यले संसद् भवन अगाडि आफ्नो शरीरमा पेट्रोल झर्केर आत्मदाह गरेका थिए । उपचारको क्रममा बुधवार बिहान उनको निधन भयो ।

अहिले प्रेमप्रसाद आत्मदाह सम्बन्धी घटनामा माइतीघरमा प्रदर्शन भइरहेको छ । भष्ट्र राज्य संयन्त्रविरुद्ध एकजुट हुन आह्वान गर्दै प्रदर्शनकारीले विभिन्न नारा सहित प्रदर्शन गरेका छन् ।

प्रेमप्रसादले आफुले आत्मदाह गर्नु अगाडि फेसबुकमा लामो नोट लेख्दै आफू किन मर्न बाध्य भएँ भन्ने बारेमा लेखेका थिए ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस