Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाज१० जना यूवकद्वारा १९ बर्षीया युवतिको सामूहिक बलात्कार

१० जना यूवकद्वारा १९ बर्षीया युवतिको सामूहिक बलात्कार


नवलपरासी, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जना यूवकद्वारा बलात्कृत भएकी छिन् ।

आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी  किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी  १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर  १० जनाको समुहले पालैपालो बलात्कार गरेको  प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न हुनेहरुमा  १९ बर्षीय अमरनाथ भेडियार, सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर, ३२ बर्षीय सुरेन्द्र यादव, बर्ष ३७ का भीमललवा मुसहर, ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।

उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ । एक जना अभियुक्त भने यो समाचार तयार गर्दा सम्म फरार रहेको छ ।

रक्ताम्मे किशोरीलाई  अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको  स्थानिय प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस