गृहपृष्ठ ∕ समाज ∕ १० जना यूवकद्वारा १९ बर्षीया युवतिको सामूहिक बलात्कार १० जना यूवकद्वारा १९ बर्षीया युवतिको सामूहिक बलात्कार दीप संञ्चार भदौ २६, २०७६ गते २:१५ मा प्रकाशित नवलपरासी, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेखुवानमा कार्यालय हिँडेकी १९ वर्षीया किशोरी १० जना यूवकद्वारा बलात्कृत भएकी छिन् ।आइतबार भारतिय सिमासँग जोडिएको सुस्तामा कार्यालय हिँडेकी किशोरीलाई १० जनाको समुहले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कार गर्नेहरु मध्ये ९ जनालाई पश्चिम नवलपरासीको प्रहरीले पक्राउ गरेको छ ।मोटरसाईकलको पछाडि बसेर आइतबार विहान करिव ९ बजे कार्यालय जाँदै गरेकी १९ बर्षीया किशोरीलाई मोटरसाईकल चालकले रोकेर फोन गरिरहेको बेला ती किशोरीलाई मोटरसाईकलबाट अपहरण गरि नजिकै रहेको उखुबारीमा लगेर १० जनाको समुहले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारमा संलग्न हुनेहरुमा १९ बर्षीय अमरनाथ भेडियार, सोही उमेरका पिन्टु राजभर, २२ बर्षीय सन्दीप यादव, सोह िउमेर समुहका शिवराज राजभर, राजु भेसहर, २५ बर्षीय मनमोन, राजभर, ३२ बर्षीय सुरेन्द्र यादव, बर्ष ३७ का भीमललवा मुसहर, ४० बर्षीय नेत्र चौधरी रहेका छन् ।उनीहरु सबै सोही वडाका एउटै टोलवासी रहेको जनाईएको छ । पक्राउ परेका ९ जनालाई अदालतमा जवरजस्ती करणीको मुद्धा दायर गरिएको छ । एक जना अभियुक्त भने यो समाचार तयार गर्दा सम्म फरार रहेको छ ।रक्ताम्मे किशोरीलाई अस्पताल भर्ना गरिएको र अहिले उनको स्वास्थ्य अवस्था सामान्य भईसकेको स्थानिय प्रहरीले जनाएको छ ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट