गृहपृष्ठ ∕ समाज ∕ नेपालमा रोटरीले यो वर्षमात्र १ अर्बको सामाजिक कार्य गर्ने नेपालमा रोटरीले यो वर्षमात्र १ अर्बको सामाजिक कार्य गर्ने दीप जङ्ग शाह भदौ २३, २०७६ गते १३:४८ मा प्रकाशित काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले रोटरी वर्ष २०१९/२० मा करिब १ अर्ब बराबरको सामाजिक कार्य गर्ने भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा सन् २०३० सम्ममा नेपाललाई साक्षर बनाउने अभियान अन्तर्गत सो घोषणा गरिएको हो ।भूटानको एउटा र नेपालका ११९ वटा स्थानीय रोटरी क्लबहरू र त्यसमा आवद्ध पॉच हजार सदस्यलाई नेपालमा मुख्यालय रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ ले नेपालमा सार्वजनिक सेवाको सुरुवात ६० वर्षअघि गरेको थियो । विक्रम सम्वत् २०१७ बैशाख १ गते (सन् १९५९ अप्रिल १३ का दिन) मा रोटरी क्लब अफ काठमाडौंको स्थापनासँगै नेपालमा सामाजिक क्षेत्रमा रोटरी क्रियाशील हुंदै आएको हो । रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, मानवीय उद्धार, महिला सशक्तिकरण लगायतका क्षेत्रमा सामाजिक–आर्थिक रूपान्तरणका लागि काम गर्दै आएको रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।रोटरीले काठमाडौंको जोरपाटीमा नेपालकै पहिलो नेपाल अर्थोपेडिक अस्पतालको स्थापना तथा त्यसका लागि आवश्यक सम्पूर्ण उपकरणहरू, वीर अस्पतालको आइसियू भवनको निर्माण तथा नेपालमै पहिलो पटक भेन्टिलेटर सेवाको सुरूवात एवं सञ्चालन, भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण उपकरणहरू, गंगालाल हृदय रोग केन्द्रमा रहेको आइसियू तथा कार्डियाक एक्सरे इमेज ल्याब, विराटनगरस्थित कोशी अंचल अस्पतालमा आइसियू तथा इन्सिनेरेटर, बनेपाको शीर मेमोरियल अस्पतालमा इन्सिनेरेटर, बुटवलस्थित गौतम बुद्ध सामुदायीक हृदय रोग अस्पतालको अत्याधुनिक भवन निर्माण तथा संपूर्ण उपकरणहरूलगायत ललितपुर पाटनमा ब्लड बैंक र हृदय रोग विशिष्टिकृत केन्द्र एवं काठमाडौंको नेशनल डेन्टल अस्पताललाई उपकरण प्रदान पनि रोटरीले गरेको पूर्व डिस्ट्रिक्ट गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तिर्थमान शाक्यले जानकारी दिए ।क्याटेगोरी : समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप