गृहपृष्ठ ∕ समाज ∕ शौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्या शौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्या दीप संञ्चार चैत्र २८, २०७८ गते १३:२९ मा प्रकाशित उदयपुर-उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाको हत्या भएको छ ।सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ ।बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराजलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।क्याटेगोरी : समाजट्याग : #श्रीमतीको हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड…महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने- राजदूत… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ८भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ताजा अपडेट तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न सुनको मूल्य फेरी नयाँ रेकर्ड आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा आरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन नेपाली महिला समाज कतारद्वारा ईफ्तार कार्यक्रम सम्पन्न