Techie IT
×
गृहपृष्ठसमाजकुटपिटबाट युवकको मृत्यु

कुटपिटबाट युवकको मृत्यु


डडेल्धुरा- डडेल्धुरामा कुटपिटमा परी अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । आज बिहान डडेल्धुराको आलिताल गाउँपालिका¬–४ लामजिलेमा चोटपटक लागि अचेत अवस्थामा फेला परेका डोटी दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय वसन्त सिजापतीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी कुटपिटबाट अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका प्रहरीले जनाएको छ । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षकका चन्दका अनुसार मृतक सिजापतीको शरीरभरि चोटपटक रहेका छन् ।

सिजापतीकोे कुटपिट गरी हत्या गरेको आशङ्कामा प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अहिले मृतकको शव जोगबुढा अस्पतालमा राखिएको छ ।रासस


क्याटेगोरी : समाज
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस