Techie IT
×
गृहपृष्ठसमाजबाजुरामा ट्रक भीरबाट खस्दा दुई जनाको मृत्यु

बाजुरामा ट्रक भीरबाट खस्दा दुई जनाको मृत्यु


काठमाडौँ

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक आज बिहान भीरबाट करिब ५०० मिटर तल खस्दा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए ।

दुर्घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस