दाङको प्रावि भ्यूसनपूरमा पढाई मेला सम्पन्न
दाङ, विद्यालय स्तरमा कक्षा १,२ र ३ का विद्यार्थीलाई रमाइलो शैलिमा पढ्ने वातावरण निर्माण गर्नुपर्नेमा सहभागिले जोड दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रकाश विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ९ का अध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत लमही ९ कोल्तरा स्थित प्राथमिक विद्यालय भ्यूसनपुर पढाइ उत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा १,२,३ का विद्यार्थीहरु पढाइ र लेखाइ सीप प्रदर्शन गरेका थिए । आज आइतबार सम्पन्न भएको पढाई मेलामा कक्षा एकमा चित्र लेखन,कक्षा दुईमा र कक्षा तिनमा पढाई सिप कार्यक्रम भएको हो ।
यस्तो कार्यक्रमले बालबालिकाको जग बलियो हुने लमही नगर पालिकाका शिक्षा अधिकृत बासुदेब खनालले बताए । उनीहरुको पढाई शैलीमा पनि बिकाश हुनेमा यो कार्यक्रमले मद्घत गरेको खनालले बताए । आफ्ना बालबालिकाको पढाई बारेमा प्रत्यक्ष जानकारी हुने भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने उनको भनाई छ ।
प्रतियोगितामा कक्षा एकका बालबालिकाले चित्र लेखन गरेका थिए जस मध्ये शन्देश बोटे प्रथम,मेनुका बोटे द्वतिय, मिना थापा तृतिय र सामना कुमालले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यस्तै कक्षा दुई र तिनमा पढाई सिप भएको थियो जसमध्य कक्षा दुईमा मंजु बोटे प्रथम,सरिता कुमाल द्वतिय र रेश्मा कुमालले तृतिय स्थान प्राप्त गरेका थिए ।
कक्षा तिनका अमित कुमाल प्रथम,आयुष कुमाल द्वतिय र ममता घर्तीले तृतिय स्थान लिन सफल भएका थिए । पढाई मेलामा प्रथम द्वतिय, तृतिय र सान्त्वना हुनेलाई कापी,कलम लगायतका पुरुस्कार प्रादान गरिएको छ । कार्यक्रममा वडा सदस्य पार्वती विश्वकर्मा, रेवा अधिकारी, लमही नगर पालिकाका शिक्षा अधिकृत बासुदेब खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तोयाराम बस्नेत, कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापा लगायतको सहभागीता रहेको थियो ।
शिक्षिका राधा सिंहको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : समाज
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस