गृहपृष्ठ ∕ समाज ∕ पुरुष र महिलामा को उत्कृष्ट ? पुरुष र महिलामा को उत्कृष्ट ? दीप संञ्चार असोज ३, २०७८ गते १९:४६ मा प्रकाशित पुरुष र महिला दुवैको जीवन जिउँदाको अनुभवपुरुष भएको कारण समाजले मलाई जबर्जस्ती पुरुषका रुपमा ढाल्न खोज्थे । म पुरुष भए पनि मलाई महिलाको अनुभूति हुन्छ म भित्रै देखि महिला हुँ भन्ने हुन्थ्यो। जे होस् दुवै जीवन जिउँदा अहिले मलाई महिला भएकोमा गर्व लाग्छ । पुरुष भएर अरूलाई दबाएर बाँच्न पाउने च्वाइस पनि ममा थियो तर मैले नारी जीवन रोजेँ । अरूमाथि हिं सा एवं वि भेद गर्नु नपरोस् भनेर मैले महिला नै हुन चाहेँ । पुरुष सदैव पुरुषत्वको धाकमा महिलामाथि अधिकार जमाउन खोज्छ भने महिलाहरू त्यस्ता चुनौतीलाई चिरेर पनि अघि बढ्न अग्रसर हुन्छन् ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ?म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् । घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्हो छ ।पुरुष र महिलामा को उत्कृष्ट ?समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् । महिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । नारी म्यागजिनबाटक्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट