Techie IT
×
गृहपृष्ठसमाजआमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा

आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा


गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ ।

द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र थिए । उनका छोरा अश्वत्थामा पनि महापराक्रमी थिए । गुरु द्रोणाचार्यको जन्मकथा महाभारतमा यसरी गरिएको छ :

भाँडोबाट जन्मेका थिए
एकचोटि महर्षि भरद्वाज बिहान गंगास्नान गर्न जाँदा घृताची नामक अप्सरालाई पानी उबाउँदै गरेको देखे । उनलाई देखेर भरद्वाजको मनमा विकार आयो र उनको वीर्य स्खलित हुन थाल्यो । यो देखेपछि उनले आफ्नो वीर्य द्रोण नाम गरेको भाँडोमा जम्मा गरे । त्यहीँबाट द्रोणाचार्यको जन्म भयो ।

भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा आफ्ना शिष्य अग्निवेश्यलाई दिएका थिए । गुरुको आज्ञाअनुसार अग्निवेश्यले द्रोणलाई आग्नेय अस्त्रको शिक्षा दिएका थिए ।

परशुरामले दिए अस्त्र
द्रोणाचार्यले शिक्षा ग्रहण गर्ने क्रममा भगवान् परशुरामका बारेमा थाहा पाए । परशुरामले ब्राह्मणहरूलाई आफ्नो सर्वस्व दान गरिरहेको थाहा पाएपछि द्रोण पनि उहाँकोमा पुगे र आफ्नो परिचय दिए र द्रोणाचार्यले भगवान् परशुरामसँग आफ्ना सबै दिव्य अस्त्र शस्त्र माँगे र त्यसको प्रयोगविधि पनि सिके ।

पछि पाण्डवहरूलाई अस्त्रशस्त्रविद्या सिकाएर कौरवको सेवा गर्दै महाभारत युद्धमा गुरु द्रोणाचार्यले वीरगति प्राप्त गरेका थिए ।

दैनिक भास्करबाट


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस