Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाजसंखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना

संखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना


काठमाडौँ –

गुल्मीका शिवबहादुर पुलामीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लास्थित २७ वर्षीय हिमबहादुर पुलामी र २१ वर्षीय हिमाल राहडी रहेका छन् ।

गत बिहीबार गुल्मीको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय पुलामीको कुटपिटपछि हत्या भएको थियो । बिहीबार कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएपछि मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् ।

प्रहरीका अनुसार गत भदौ २३ गते आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको थियो।

पक्राउ परेका दुई आरोपितमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पछिल्लो समय आफन्तबाट आफन्त नै मारिदै आएका छन् । केही दिनअघि मात्र पनि संखुवासभामा भएको सामुहिक हत्या पनि आफन्त (भतिज)कै संलग्नता रहेको थियो।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार