गृहपृष्ठ ∕ समाज ∕ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते दीप संञ्चार भदौ २७, २०७८ गते २१:४१ मा प्रकाशित रासस –टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।मृतक श्रेष्ठको स्थायी ठेगाना बारा जिल्ला भन्ने खुले पनि स्थानीय ठेगाना यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले बताए।बा ११ च ५२१० नम्बरको सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको उनको भनाइ छ। घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन्।दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ।सिद्धिचरण नगरपालिकाको निशङ्खे हुँदै मानेभञ्ज्याङ–१ मोलीको बाटो भएर काठमाडौँका लागि छुटेको सुमोमा १० व्यक्ति सवार थिए। दुर्घटनाका घाइतेको उद्धार र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्लेसहितको प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप