Techie IT
×
गृहपृष्ठसमाजयीनै हुन् संखुवासभा हत्या काण्डका आरोपी

यीनै हुन् संखुवासभा हत्या काण्डका आरोपी


काठमाडौँ –

संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो।

प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए।उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादुर कार्कीका बढाबाका नाति थिए, नातामा भतिजा। लोकबहादुर घरका जेठा छोरा थिए। आमा गत चैतमा बितेकी थिइन्।

उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको हत्या गर्लान्रु सुरूमा त प्रहरी नै अन्योलमा थियो।

प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रिसराग’ थियो कि भनेर खोजी गर्‍यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सिल’ गर्दा पनि शं,कास्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।

सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस