Techie IT
×
गृहपृष्ठसमाजलोकबहादुरको चलाखी : आफैँले ६ जनाको हत्या गरे उनैले निरन्तर हत्यारा पक्राउको माग गरिरहे

लोकबहादुरको चलाखी : आफैँले ६ जनाको हत्या गरे उनैले निरन्तर हत्यारा पक्राउको माग गरिरहे


काठमाडौँ – 

प्रहरीले संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।

मादी नगरपालिका–१ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

गत सोमबार तेजबहादुरसहित ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोली खटिएको थियो ।

लोकबहादुरसम्म कसरी पुग्यो प्रहरी

गत सोमबार बिहानै संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको खबर सार्वजनिक भयो । यसअघि २ वर्ष पहिले पाँचथरमा पनि यस्तै प्रकारको सामूहिक पारिवारिक हत्या भएको थियो ।

खबरलगत्तै प्रहरी अनुसन्धानमा जुट्यो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुका अनुसार उनीहरुले पहिले दिनदेखि नै शंकास्पदहरुमाथि निगरानी राखेका थिए । हत्यामा नजिककै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशं’का थियो ।

प्रहरीले सुरुमै ‘मोबाइल ट्र्याक’ राखेको स्रोत बताउँछ । मोबाइलकै आधारमा ह,’त्या बाहिरका व्यक्तिबाट नभइ गाउँकै व्यक्तिबाट भएको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको थियो ।

प्रहरीले सुरुमा आर्थिक कारणले हत्या भएको हो कि भन्ने आशं’का पनि गरेको थियो । तर ह,’त्या गरिएका परिवारको सुन र पैसा सबै घरमै भेटियो । यसले प्रहरीलाई आर्थिक पाटोबाट हत्या नभएको र अरु कुनै कारणले हत्या भएको हुन सक्ने कारण खोज्न प्रेरित गर्‍यो ।

प्रहरीको नजरमा लोकबहादुर कार्की सुरुदेखि नै थिए । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्,“सबैतिर शव थिए मानिसहरुमा त्रास थियो । तर लोकबहादुरले त्यहाँ भएको लाश उसको होला भन्दै भनिरहेका थिए । त्यो नै हाम्रा लागि अनुसन्धानको क्लु बन्यो ।”

यतिमात्रै होइन उनले पत्रकार र युटुबरलाई हत्यामा संलग्नहरुमाथि कारबाहीको मागसमेत गरिरहे । प्रहरीले उनले युटुवरलाई दिएको अन्तर्वार्ता पनि केलाएको थियो । एक प्रहरी अधिकृतले भने,“उनले पत्रकारसँग गरेको भिडियो कुराकानीमा पनि उनको हाउभाउ सहज थिएन । हामीले त्यो पनि सुक्ष्म ढङ्गले हेरेका थियौँ ।”

उनी कार्की परिवारका छिमेकी भएकाले उनले हत्यासँग जोडिएका प्रमाणहरु नष्ट गर्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् । लोकबहादुरसँग प्रहरीले सोधपुछ गरिरहेको थियो । तर उनको बोली फेरिँदै गयो । प्रहरीको शंका बलियो हुँदै गयो । प्रहरीको निरन्तर केरकारपछि शनिबार लोकबहादुरले आफैँले हत्या गरेको स्वीकार गरे ।

प्रहरीसँगको बयानका क्रममा लोकबहादुले आफूलाई तेजबहादुरको परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको भनेका छन् । लोकबहादुरको भनाई उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने,“मलाई त्यो परिवारले निकै अपमान गर्थे । गरिब भनेर हेप्थे । पागल तिमी कामै लाग्दैनौं भन्थे । त्यो कुराले मलाई निकै पोलिरहेको थियो । त्यसैले तेजबहादुरलाई मात्रै सिध्याउने योजना बनाएको थिएँ ।”

लोकबहादुरले हत्या योजना बनाएको रात आफू नसुतेको समेत बताएका छन् । उनले भनेका छन्,“रातभर सुतिन । बिहानै चिरपट लगेर गएँ । सबै व्युँझिसकेका थिए । तेजबहादुरलाई मात्रै मा,र्न खोजेको थिएँ तर पछि देख्नेजति सबैलाई मारेँ । सबैलाई चिरपटले नै हानेर मारेको हुँ ।”


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस