गृहपृष्ठ ∕ समाज ∕ आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा दीप संञ्चार भदौ २६, २०७८ गते १९:३७ मा प्रकाशित काठमाडौँ –संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका आरोपी पक्राउ गरेका छन्। प्रहरीले शनिबार बिहान कार्की परिवारका छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।आरोपी कार्कीले हत्याको विभिन्न कारणहरु बताएका छन्। आमाको मृत्यु, हेपाई, अपमानजस्ता कारण आफूले हत्या गरेको बयान दिएका छन्। मृतक तेजबहादुर कार्कीका कारण आफ्नी आमाको ज्यान गएको भन्दै उनले बदलास्वरुप हत्या गरेको आशय व्यक्त गरेका छन्। त्यसबाहेक तेजबहादुले आफूलाई हेप्ने गरेको, अपमान गरेको र पागल भन्ने गरेका कारण रिसको आवेगमा हत्या गरेको उनले बताएका छन्।केही समयअघि तेजबहादुरकै घरमा उनकी आमा लडेकी थिइन्। त्यसपछि घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँग उनले त्यसैको बदला लिएको हुन सक्ने बताइएको छ।एक जनालाई मात्र सिध्याउन गएका उनी अरुले त्यो घटना देखेपछि लखेटी लखेटी अरुलाई पनि मारेका हुन्। तर बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहा नपाएकाले छाडिदिएका थिए।संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका ६ जनाको हत्या भएको थियो। घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए।बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए। घटनाको ५ दिनपछि प्रहरीले आरोपी युवालई पक्राउ गरेको हो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्तासिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइतेमधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?