गृहपृष्ठ ∕ समाज ∕ आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा आमाको मृत्युको ‘बदला’ लिन ६ जनाको हत्या गरेको खुलासा दीप संञ्चार भदौ २६, २०७८ गते १९:३७ मा प्रकाशित काठमाडौँ –संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका आरोपी पक्राउ गरेका छन्। प्रहरीले शनिबार बिहान कार्की परिवारका छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ।आरोपी कार्कीले हत्याको विभिन्न कारणहरु बताएका छन्। आमाको मृत्यु, हेपाई, अपमानजस्ता कारण आफूले हत्या गरेको बयान दिएका छन्। मृतक तेजबहादुर कार्कीका कारण आफ्नी आमाको ज्यान गएको भन्दै उनले बदलास्वरुप हत्या गरेको आशय व्यक्त गरेका छन्। त्यसबाहेक तेजबहादुले आफूलाई हेप्ने गरेको, अपमान गरेको र पागल भन्ने गरेका कारण रिसको आवेगमा हत्या गरेको उनले बताएका छन्।केही समयअघि तेजबहादुरकै घरमा उनकी आमा लडेकी थिइन्। त्यसपछि घाइते भएकी उनको उपचारको क्रममा अस्पतालमा निधन भएको थियो। १३ दिने परिवारभित्रका काका तेजबहादुर कार्कीसँग उनले त्यसैको बदला लिएको हुन सक्ने बताइएको छ।एक जनालाई मात्र सिध्याउन गएका उनी अरुले त्यो घटना देखेपछि लखेटी लखेटी अरुलाई पनि मारेका हुन्। तर बुद्धमान कार्की कान नसुन्ने भएकाले केही थाहा नपाएकाले छाडिदिएका थिए।संखुवासभाको मादी नगरपालिकास्थित उम्लिङमा २१ भाद्रमा एकै परिवारका ६ जनाको हत्या भएको थियो। घरमूली ९० वर्षीय वृद्ध बौद्धमान कार्की मात्र जिवित भेटिएका थिए।बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृत फेला परेका थिए। घटनाको ५ दिनपछि प्रहरीले आरोपी युवालई पक्राउ गरेको हो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न