Techie IT
×
गृहपृष्ठसमाजसंखुवासभा हत्या,काण्ड : नगद र गरगहना सुरक्षित भेटियो, हत्याको कारण के ?

संखुवासभा हत्या,काण्ड : नगद र गरगहना सुरक्षित भेटियो, हत्याको कारण के ?


काठमाडौँ –

संखुवासभामा भएको सामूहिक हत्याको कारण हालसम्म पनि पत्ता लाग्न सकेको छैन। यसअघि जग्गा किन्न घरमा ८० लाख राखिएको जानकारी सार्वजनिक भएसँगै सोही पैसाका लागि हत्या भएको हुन सक्ने आशंका गरिएको थियो।

तर प्रहरी अनुसन्धानमा घटना लुटपाटको उद्देश्यले नभएको देखिएको छ। घरभित्रका सबै सामाग्री र सम्पत्ति सुरक्षित रहेको पाइएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसा घरमा ४ लाख ७१ हजार रुपैयाँ, कानमा लगाएको मुद्री, तिलहरी लगायतका गहना जस्ताको त्यस्तै छ। यसबाट हत्या चोरीका लामो भएको हुन सक्ने आशंका कम हुँदै गएको छ।

सो घटनाबारे छिमेकीलाई केही थाहा नहुनुले पनि प्रहरी नै अचम्ममा परेको छ। प्रहरीले घटना बिहान भएको प्रारमिभक अनुमान गरेको छ। सोमबार घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले संघीय प्रहरी कार्यालय, धरानबाट कुकुरसहितको टोली र फेरेन्सिक सम्बन्धी तालिम प्राप्त चिकित्सकलाई घटनास्थलमा लगेको थियो। चिकित्सकले शवको प्रकृति हेरेर बिहान झिसमिसमा घटना भएको हुनसक्ने भनेका छन्।

प्रहरीका अनुसार घरभित्र ८४ वर्षीया वृद्धा पार्वती कार्कीको हत्या भएको थियो। ५२ वर्षीय तेजबहादुर, उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव तीन बेग्लाबेग्लै स्थानमा भेटिएको थियो।

नाती नातिनाको शव घरदेखि माथिको खरबारीमा भेटिएको थियो भने तेजबहादुरको शव सडकमा थियो। रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा भेटिएको थियो। घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुर खटाइए पनि त्यसबाट ठूलो क्लू पाइएको छैन।

मृतकको चिकित्सकहरुले मृतक ५ जनाकै टाउकोमा गम्भीर चोट देखिएको र त्यही कारणले मृत्यु भएको बताएका छन्। कार्की परिवारको कसैसँग रिइसीबी पनि नरहेको बताइएको छ। यस्तो अवस्थामा हत्याको कारण र संलग्नहरुको खोजी झन् कठिन बनेको छ। यद्यपी प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धानलाई जारी राखेको छ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस