Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाजछोराको हत्या गरी जेल गएकी आमाले जेलमै जन्माइन् छोरा

छोराको हत्या गरी जेल गएकी आमाले जेलमै जन्माइन् छोरा


काठमाडौँ – महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन्।

सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए।

जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो।

दश महिनाअघि कान्छी पत्नी (रागनी)भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन्। घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस