गृहपृष्ठ ∕ समाज ∕ छोराको हत्या गरी जेल गएकी आमाले जेलमै जन्माइन् छोरा छोराको हत्या गरी जेल गएकी आमाले जेलमै जन्माइन् छोरा दीप संञ्चार भदौ १३, २०७८ गते २०:३६ मा प्रकाशित काठमाडौँ – महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन्।सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागनी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जीवकुमार साहले बताए।जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पूर्पक्षका लागि जेल पठाएको थियो।दश महिनाअघि कान्छी पत्नी (रागनी)भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन्। घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पूर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल