गृहपृष्ठ ∕ समाज ∕ देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै दीप संञ्चार जेठ २, २०७८ गते ११:०० मा प्रकाशित डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुने भएको छ। सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा अक्सीजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु हर्षित बनेका छन् ।जिल्ला स्वास्थ्य समितिको आग्रहपछि देउवाले विशेष पहलकदमी लिँदै स्वास्थ्य मन्त्रालयलाई बैशाख ३० गते ज्ञापनपत्रसहित अक्सिजन प्लान्ट जडानका लागि बजेट विनियोजनका लागि कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाको अनुरोध पछि मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको भानुको भनाई छ ।देउवाले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएकोमा अर्थ मन्त्रालयलाई धन्यवाद दिएको स्वकिय सचिव देउवाले बताए । मन्त्रालयले डडेल्धुरा अस्पताल, भेरी अस्पताल, पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख २४ हजार बराबर रकम विनियोजन गरेको छ ।सभापती देउवाले सातवटै प्रदेश र विकट जिल्लाहरुमामा यथासिघ्र अक्सिजन प्लान्ट, आईसियु बेड, लगायत स्वास्थ्य सामग्रीको व्यवस्था गरी जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।क्याटेगोरी : समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप