गृहपृष्ठ ∕ समाज ∕ महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड सुर्य बहादुर खवास वैशाख २०, २०७८ गते २२:०७ मा प्रकाशित बिर्तामोड – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका पूर्वअध्यक्ष हुमागाईले अघिल्लो पुस्तालाई समेत जोड्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । प्रेस स्वतन्त्रताका हिमायती सवै पत्रकारलाई कुनै पनि अतिवाद र निरंकुशता अस्वीकार्य हुने उनले बताए । पत्रकारले निडरताका साथ काम गरिरहेकोमा प्रशंसा गरेका उनले जिम्मेवार र मर्यादित रुपमा अघि बढ्न आग्रह गर्दै पत्रकारहरुलाई भने– सत्य लेख्न कहिल्यै नडगमगाउनुहोस् ।महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।कार्यक्रममा पत्रकारहरु राजेन्द्र गौतम, उमानाथ भण्डारी, दिपीन राई, चिरञ्जीवी घिमिरे, राजन साम्पाङ, महासंघ युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।। नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेसहित पत्रकारका विभिन्न संगठनका नेता, पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।क्याटेगोरी : समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगए राति आगलागी हुँदा एकै परिवारका चार बालबालिकाको मृत्युशौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्याजुवा खालबाट २९ पक्राउ, ११ लाख बरामदह्याम्बरले हानेर बाबुको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी