गृहपृष्ठ ∕ समाज ∕ महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड महामारीमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता गर्न जोड सुर्य बहादुर खवास वैशाख २०, २०७८ गते २२:०७ मा प्रकाशित बिर्तामोड – विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरुमध्येबाट नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष कृष्ण हुमागाईले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा झापासहित मोरङ र यूएई शाखाबाट ५१ जना पत्रकारको सहभागिता थियो । कार्यक्रमका सहजकर्ता खोज पत्रकारितामा लामो समयदेखि क्रियाशील थापाले अहिले भ्रामक समाचारको खेतीले नेपाली मिडियाको विश्वसनियतामाथि चुनौति थपिएको बताउँदै ती चुनौतिको सामना गरेर विश्वसनियता कायम राख्न अग्रसर हुनु पर्ने बताए ।कोरोना महामारीको पहिलो पीडित पत्रकारहरु भइरहेको र ७० प्रतिशत पत्रकार कोरानाका कारण कुनै न कुनै रुपमा प्रभावित भएको बताउँदै उनले महामारीको समयमा प्रविधिको प्रयोग गरेर सुरक्षित रुपमा खोज पत्रकारिता गर्न सुझाए ।यसअघि आफैले लेखेका समाचारलाई एकपटक खोतल्ने र फ्लोअप गर्ने हो भने पनि पत्रकारले समाचार लेख्न भ्याईनभ्याई हुने उनको भनाइ थियो । उनले फ्लोअप पत्रकारितामा पनि जोड दिए । महामारीको समयमा स्थानीय सरकारमार्फत उपचार, क्वारेन्टाइन निर्माण, टेन्डर आव्हान लगायतका शीर्षकमा हुने खर्च पारदर्शी बनाउन पत्रकारले भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकारलाई सुशासनतर्फ अघि डोहो¥याउन त्यहाँका विकृतिको भण्डाफोर र राम्रा कामको ‘खोज स्टोरी’ आवश्यक रहेको बताउँदै उनले त्यसतर्फ पत्रकारले ध्यानदिनुपर्ने बताए ।कार्यक्रममा शुभकामना व्यक्त गर्दै महासंघका पूर्वअध्यक्ष हुमागाईले अघिल्लो पुस्तालाई समेत जोड्दै प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए । प्रेस स्वतन्त्रताका हिमायती सवै पत्रकारलाई कुनै पनि अतिवाद र निरंकुशता अस्वीकार्य हुने उनले बताए । पत्रकारले निडरताका साथ काम गरिरहेकोमा प्रशंसा गरेका उनले जिम्मेवार र मर्यादित रुपमा अघि बढ्न आग्रह गर्दै पत्रकारहरुलाई भने– सत्य लेख्न कहिल्यै नडगमगाउनुहोस् ।महासंघका उपाध्यक्ष केशव भट्टराईले सहभागी सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।कार्यक्रममा पत्रकारहरु राजेन्द्र गौतम, उमानाथ भण्डारी, दिपीन राई, चिरञ्जीवी घिमिरे, राजन साम्पाङ, महासंघ युएई शाखाका सहसचिव रामप्रसाद ढुंगेल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।। नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष विमल लामिछानेसहित पत्रकारका विभिन्न संगठनका नेता, पत्रकारका विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिले अतिथिको रुपमा सहभागिता जनाएका थिए ।क्याटेगोरी : समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल