गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश १ ∕ मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र मेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र दीप संञ्चार मंसीर १२, २०८० गते १६:१३ मा प्रकाशित कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण आज बिहानदेखि मेची राजमार्ग हँदा पाथीभरा आएका सयौं यात्रुबीच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायातका साधन नचल्दा तीर्थयात्री अलपत्र परेका हुन् । यातायातका साधन नचल्दा मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्डअन्तर्गत काबेली, गणेश चोक क्षेत्रमा बिहानदेखि यातायात ठप्प रहेको छ । गत शनिबार गृह जिल्ला ताप्लेजुङ आउनुभएका नेकपा ९एमाले० सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनाका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका दुईजना पहिचानवादी कार्यकर्ताको रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिले बताएको छ । प्रहरीले पहिचानपक्षधर पाथीभरा याङवराक–घतिरिङे निवासी विविनकालिङवा र आनन्दकालिङवालाई झुटो आरोप लगाएर मङ्सिर ११ गते पक्राउ गरेको दाबी सङ्घर्ष समितिको छ । प्रहरीले शान्तिसुरक्षा बिथोलेका कारण उनीहरूलाई पक्राउ गरेकोे जनाएको छ ।क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणप्रदेश १ मा आज नयाँ सरकार बन्नेमुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताप्रदेश १ मा मंत्री घिमिरे, गजमेर र विस्वासले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल