Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङमा बाजागाजासहित बृ़क्षारोपन एवं हस्तान्तरण

दाङमा बाजागाजासहित बृ़क्षारोपन एवं हस्तान्तरण


दाङ,  घाेराही उपमहानगर ९ तेघरामा बाजागाजासहित वृक्षाराेपण तथा सामुदायिक वन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सप्ताहाका रुपमा चल्ने “राष्ट्रीय बृक्षारोपण दिवस २०७६” को शुभारम्भ स्वरुप झन्डै तिन हज़ार रुख़ पोरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ९ तेघरामा प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि,वनका पदाधिकारीले बाजागाजासहित वृक्षरोपण गरेका हुन्। कार्यक्रम सुरू हुनुभन्दा पहिलेदेखि नै वन सचेतनाको नारा लगाउँदै बाजागाजासहितको र्‍याली  निकालिएको थियो।

खयर, सिसौ, टिक, बकाइनो, मसला, बाँस, बेद आदि जातका बिरुवा सामुदायिक वनका उपभोक्ता, डिभिजन वन कार्यालयका पदाधिकारी, अधिकारकर्मी, पत्रकार, वाल क्लबलगायतको सहभागितामा झन्डै तीन हजार बोटबिरुवा रोपिएको छ।

प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले सामुदायिक वनको संरक्षण र दिगो व्यवस्थापनमा ध्यान दिन स्थानीयलाई आग्रह गरेका छन्। उनले  बिरुवा रोपेर छाड्ने संस्कारको अन्त्य गरेर सबैमा अपनत्वको भावना जागृत हुनुपर्ने कुरामा जोड दिए।

शनिबार बोटविरुवा रोपेको क्षेत्रलाई निकट भविष्यमै नमूना सामुदायिक वनका रूपमा विकास गरेर देखाउन स्थानीयलाई आग्रह गरेका छन्।

बोट बिरुवा रोपेर सकेपछि  ५.१६ हेक्टर क्षेत्रफल जमिनको स्वामित्व सृजनशील सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ। तेघरामा ६८ घरधुरी छ्न् भने जनसंख्या ३ सय ६३ जना छन्। उनीहरू सबै शनिबारदेखि सामुदायिक वनको उपभोक्ता बनेका छन्।

फोटो: सुलोचना सुलु गौतम 


क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस