Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सिभिल बैंक अब दाङको लमहिमा पनि

सिभिल बैंक अब दाङको लमहिमा पनि


दाङ, दाङको लमहीमा सिभिल बैंक लिमिटेडको शाखा स्थापना भएको छ । ९४ औँ शाखाको रुपमा स्थापना भएको यो शाखाको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले गरेका हुन् । बैंकको उद्घाटन गर्दै नगर प्रमुख केसीले सेवाग्राहीको मन जितेर सेवा प्रबाह गर्न आग्रह गरेका छन् ।

साथै बैंक संचालकलाई मुस्कान सहितको सेवा दिनु पर्ने बताए । उद्घाटन कार्यक्रममा नगर प्रमुख केसीले बैंकले कृषि व्यवसायलाई पनि ध्यान दिएर लगानी गर्नु पर्ने बताए । समृद्धिको लागि बैंकको नारा अनुसार साना तथा मझौला व्यवसायलाई लक्षित गरेर कर्जा उपलब्ध गराउने कार्यक्रम बैंकले अघि सारेको छ ।

प्रदेश ५ का बैंकका प्रमुख किरण धमलाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएको थियो । दाङको लमहीमा बाणिज्य र विकास बैंकगरि १७ ओटा शाखा स्थापना भैसकेको छ ।

उद्घाटन कार्यक्रममा सिभिल बैंक लिमिडेट प्रदेश नं. ५ का प्रमुख किरण धमला, पत्रकार राधेश्याम गुप्ता लगाएतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए । सिभिल बैंक लमही शाखा प्रबन्धक सौरभ न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बैंकका सौरभ रानाले गरेका थिए ।


क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस