Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा

नागरिककाे अार्थिक क्षमता बढाउनुपर्छ : रेवतीरमण शर्मा


दाङ, प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रेवतीरमण शर्माले जनताको अार्थिक क्षमता बढाउन सरकारले अाय अार्जनकाे क्षेत्रमा लगानी लगाउनु पर्ने बताउएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सकृय सदस्य लमही-३ फल्कापुर निवासी पर्शु चाैधरीकी ममतामयी अामा गुलिया चाैधरीकाे १३ अाैं दिनकाे पुण्य तिथिमा अायाेजीत श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले विकास उपभाेगकाे क्षमता नागरिकमा गर्नुपर्ने बताएका हुन् ।

यस्तै नेकपा लमही नगर कमिटीले अायाेजना गरेकाे श्रद्धाञ्जली सभामा शर्माले दिवंगत भएकी अामा गुलीया चाैधरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

लमही नगर कमिटीका अध्यक्ष कुलबहादुर केसीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सरस्वती गाैतम, जिल्ला सदस्य अम्मर कवर नवीन, शिल्पा चाैधरी, लमही-३ का अध्यक्ष कृष्ण घिमिरे लगायतका वक्ताहरुले श्रद्धाञ्जली मन्तब्य राखेका थिए । कार्यक्रमकाे सहजिकरण नगर सचिव बसन्त शर्मा विक्रान्तले गरेका थिए ।


क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस