गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु प्रिया स्मृती गजमेर असार २२, २०७६ गते ७:१५ मा प्रकाशित दाङ, कमसलका सामाग्री प्रयोग गरेर पक्कि नाला निर्माण गर्न लागेको भन्दै स्थानीयले काम रोकेका छन् । लमही नगर पालिका वडा न १ सुन्डवरीका स्थानीयले काम रोकेका हुन् । स्थानीयको गुनासो आए पछी नगरपालिकाका उपप्रमुख देवका बेल्बासेको नेतृत्वमा गएको अनुगमन टोलीले स्टिमेट अनुशार काम गर्न कम्पनीलाई निर्देशन दिएको छ ।निर्माण कार्यमा स्थानीयको गुनासो आउँ थाले पछी उपमेयर बेलबासेले इन्जिनिएरलाई त्यहा पठाएर अनुगमन गर्न भनेको तर ठेकेदार कम्पनीले अटेर गरेको उनको भनाई छ । ओभरसियरलाई पनि कम्पनीले नटेरेर काम थालिनी गरेपछि नगर प्रमुख सहितको टोलीले पनि अनुगमन गर्दै स्टिमेट अनुशार काम गर्न भनेको थियो । यदि स्टिमेट अनुशार काम नगरे बजेट रोक्ने चेतावनी दिएका छौ उपप्रमुख बेलबासेले भनिन । चालु आर्थिक बर्षमा लमही नगर पालिका र प्रदेश सरकारबाट पक्कि नाली र कालो पत्रेका लागि बयालीस लाख बजेट बिनियोजन भएको थियो ।उक्त योजनाका लागि नगर पालिकाले टेन्डर आह्वान गरेको थियो,जुन टेन्डर रोयल विल्ड्रर्स निर्माण कम्पनीले हात परेको थियो । उक्त काम अहिले पेटी ठेकेदार मार्फत संचालन भैरहेको छ । लमही नगरपालिकाको बजेटबाट सुन्डवरीको चोक देखी उत्तर तर्फ ३ सय ७७ मिटर सडक पक्कि नाला सहित कालो पत्रे गर्ने भनेर उक्त बजेट बिनियोजन गरेको हो । निर्माण कम्पनीले काम गर्दा मापदण्ड बिपरित गरेको भन्दै काम रोकेको स्थानिय कुल बहादुर यादबले बताए । निर्माण कम्पनीले पक्कि नाला बनाउदा सोलिंगका ढुंगा नराखेर मसिना गिट्टी हालेर काम गरेको स्थानीयको आरोप छ । दाया तिरको नालामा सोलिंगका ढुंगा हालेको तर अर्को तर्फ मसिना गिट्टी हालेर काम गर्दै गर्दा स्थानिले बिरोध गरे पछि ठेकेदार कम्पनीका तर्फबाट सोलिंगका ढुंगा हालेर काम अघि बढाउने प्रतिबद्घता जनाएको स्थानिले बताए ।सडक कालो पत्रे निर्माणमा ठेकेदार कम्पनीले चरमलापरबाही भएको गुनासो नगर पालिकामा पनि पुगेको छ । यता टेन्डर आह्वान हुदा नगर पालिका र निर्माण कम्पनी रोयल विल्ड्रर्स बीच ६ महिना भित्र सम्पूर्ण कार्य संम्पन्न गर्ने गरि मौखिक सम्झौता भएको कम्पनीले बताएको छ । कहिले सामाग्री पाइदैन त् कहिले कामदार नहुदा निर्माण कार्यमा समस्या आएको निर्माण कम्पनीले बताएको छ ।असार मसान्त सकिनै लाग्दा नगर पालिकाले काम छिटो सक्ने भनेर ताकेता गरेको छ नत्र हामी बजेट दिदैनौ भनेको कम्पनीका प्रतिनिधि बिबेक बस्नेतले भने । ६ महिनामा काम सक्ने हाम्रो सहमति भएको छ तर अहिले नगर पालिकाले दुइ महिनामा काम सक्ने भनेर भन्दा हामीले कसरी काम गर्ने बस्नेतले भने । बर्षा लागि सक्यो समस्या त् आउला नै तर जति सक्यो हामी पनि कामलाई निरन्तरता दिने कम्पनिले बताएको छ ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्रछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ७असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट गैरआवासीय नेपाली तारा -२०२३ मा गायन र नृत्य विधाबाट ४१ जना प्रतिस्पधी दोस्रो चरणमा प्रवेस लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत छोराको कुटपिटबाट बुबाको मृत्यु जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री