गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु प्रिया स्मृती गजमेर असार २२, २०७६ गते ७:१५ मा प्रकाशित दाङ, कमसलका सामाग्री प्रयोग गरेर पक्कि नाला निर्माण गर्न लागेको भन्दै स्थानीयले काम रोकेका छन् । लमही नगर पालिका वडा न १ सुन्डवरीका स्थानीयले काम रोकेका हुन् । स्थानीयको गुनासो आए पछी नगरपालिकाका उपप्रमुख देवका बेल्बासेको नेतृत्वमा गएको अनुगमन टोलीले स्टिमेट अनुशार काम गर्न कम्पनीलाई निर्देशन दिएको छ ।निर्माण कार्यमा स्थानीयको गुनासो आउँ थाले पछी उपमेयर बेलबासेले इन्जिनिएरलाई त्यहा पठाएर अनुगमन गर्न भनेको तर ठेकेदार कम्पनीले अटेर गरेको उनको भनाई छ । ओभरसियरलाई पनि कम्पनीले नटेरेर काम थालिनी गरेपछि नगर प्रमुख सहितको टोलीले पनि अनुगमन गर्दै स्टिमेट अनुशार काम गर्न भनेको थियो । यदि स्टिमेट अनुशार काम नगरे बजेट रोक्ने चेतावनी दिएका छौ उपप्रमुख बेलबासेले भनिन । चालु आर्थिक बर्षमा लमही नगर पालिका र प्रदेश सरकारबाट पक्कि नाली र कालो पत्रेका लागि बयालीस लाख बजेट बिनियोजन भएको थियो ।उक्त योजनाका लागि नगर पालिकाले टेन्डर आह्वान गरेको थियो,जुन टेन्डर रोयल विल्ड्रर्स निर्माण कम्पनीले हात परेको थियो । उक्त काम अहिले पेटी ठेकेदार मार्फत संचालन भैरहेको छ । लमही नगरपालिकाको बजेटबाट सुन्डवरीको चोक देखी उत्तर तर्फ ३ सय ७७ मिटर सडक पक्कि नाला सहित कालो पत्रे गर्ने भनेर उक्त बजेट बिनियोजन गरेको हो । निर्माण कम्पनीले काम गर्दा मापदण्ड बिपरित गरेको भन्दै काम रोकेको स्थानिय कुल बहादुर यादबले बताए । निर्माण कम्पनीले पक्कि नाला बनाउदा सोलिंगका ढुंगा नराखेर मसिना गिट्टी हालेर काम गरेको स्थानीयको आरोप छ । दाया तिरको नालामा सोलिंगका ढुंगा हालेको तर अर्को तर्फ मसिना गिट्टी हालेर काम गर्दै गर्दा स्थानिले बिरोध गरे पछि ठेकेदार कम्पनीका तर्फबाट सोलिंगका ढुंगा हालेर काम अघि बढाउने प्रतिबद्घता जनाएको स्थानिले बताए ।सडक कालो पत्रे निर्माणमा ठेकेदार कम्पनीले चरमलापरबाही भएको गुनासो नगर पालिकामा पनि पुगेको छ । यता टेन्डर आह्वान हुदा नगर पालिका र निर्माण कम्पनी रोयल विल्ड्रर्स बीच ६ महिना भित्र सम्पूर्ण कार्य संम्पन्न गर्ने गरि मौखिक सम्झौता भएको कम्पनीले बताएको छ । कहिले सामाग्री पाइदैन त् कहिले कामदार नहुदा निर्माण कार्यमा समस्या आएको निर्माण कम्पनीले बताएको छ ।असार मसान्त सकिनै लाग्दा नगर पालिकाले काम छिटो सक्ने भनेर ताकेता गरेको छ नत्र हामी बजेट दिदैनौ भनेको कम्पनीका प्रतिनिधि बिबेक बस्नेतले भने । ६ महिनामा काम सक्ने हाम्रो सहमति भएको छ तर अहिले नगर पालिकाले दुइ महिनामा काम सक्ने भनेर भन्दा हामीले कसरी काम गर्ने बस्नेतले भने । बर्षा लागि सक्यो समस्या त् आउला नै तर जति सक्यो हामी पनि कामलाई निरन्तरता दिने कम्पनिले बताएको छ ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै