Techie IT
×
गृहपृष्ठग्लोबलनेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि

नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेकपाका दुबै समूहले सहकार्य गर्न कांग्रेसलाई सन्देश पठाएको बताएका छन्।

उपसभापति निधिले विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री केपी ओली तथा माधव नेपाल र पुष्पकमल दाहाल दुबै समूहले सरकार गठनका लागि सहकार्य गर्न प्रस्ताब पठाएको बताएका हुन्।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका १६ वटा प्रवास शाखाका मनोनित शाखा प्रमुखहरुसंग शनिबार आयोजित परिचयात्मक तथा भाबी कार्यक्रम सम्बन्धी भर्चुल बैठलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका निधिले कानुनी रुपमा सत्तारुढ नेकपा बिभाजन नभइसकेकोले दुबै समूह एकअर्का बिरुद्ध कसरी प्रस्तुत हुन्छन् त्यो हेरेर मात्र कांग्रेसले आफ्नो रणनीति तय गर्ने जानकारी गराए।

जस्तोसुकै परिस्थितिमा पनि कांग्रेसले लिने निर्णय देश, जनता र संविधानका पक्षमा हुने उनको भनाई थियो। उपसभापति निधिले ढिलोछिटो आम चुनाबमा जानुपर्ने भएकाले निर्वाचनको तयारीमा जुट्न देशबिदेशमा रहेका नेपालीहरुलाई आग्रहसमेत गरे।

प्रतिष्ठानको प्रबास शाखा संयोजक गंगाधर गौतमको सभापतित्वमा सम्पन्न भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय बिभागका प्रमुख गोविन्द भट्टराई, प्रतिष्ठानका अनुसन्धान संयोजक डा. जगदिशचन्द्र पोखरेल र तालिम संयोजक खिलानाथ दाहालले प्रतिष्ठानले संचालन गरेका कार्यक्रमबारे जानकारी गराएका थिए।

त्यस अबसरमा कार्यक्रमको सन्चालन जापान संयोजक बलराम श्रेष्ठले गरेका थिए भने यूएई संयोजक खेमराज बस्नेतले स्वागत गरेका थिए। जनसम्पर्क समिति समन्वय बिभागका सचिब महेश थपलिया, अष्टेलिया संयोजक प्रेम सापकोटा, अमेरिका संयोजक केशव बराल हंगकंग संयोजक राम गुरुंग, मलेसिया संयोजक बिनोद थापा, कतार संयोजक क्रान्ति सिंह इजरायल संयोजक दिपिका भुसाल, दक्षिण कोरिया संयोजक जितेन्द्र महता, बेलायत संयोजक कोपिला लिम्बू, क्यानाडा संयोजक जितु उपाध्याय नेदरल्याण्ड संयोजक पदम क्षेत्री र पोर्चुगल संयोजक राज गौतमले आगामी दिनमा प्रतिष्ठानले संचालन गर्नुपर्ने कार्यक्रमबारे आ आफ्नो धारणा राखेका थिए।


क्याटेगोरी : ग्लोबल, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस