Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी

दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी


दाङ्ग- नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले देउखुरीका चारवटा स्थानिय तहमा संसद बिघटनका विरुद्दमा विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसले लमही नगरपालिकाको सतबरिया, राजपुर गाउँपालिकाको जंग्रहवा, गढवाको बाँकी र राप्ती गाउँपालिकाको मसुरियामा विरोध कार्यक्रम सम्पन्न गरेको हो ।

Image may contain: 5 people, including Janakilal Basnet, people sitting and outdoor

राजपुरको जंग्रहवामा सम्पन्न भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महासमिति सदस्य तथा विभागीय केन्द्रिय सदस्य अनुराग यादवले प्रधानमन्त्री ओलीले अहिले देशको सबै शक्ति मेरै हातमा छन् जे गरे पनि हुन्छ भन्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन ।

No description available.

किसान मारेर झापाबाट राजनीति शुरु गरेका केपीले जनताले कसरी सुरक्षित भएर बांच्न पाउने अपेक्षा गर्लान भन्दै चर्को आलोचना गरेका थिए । हिज श्रीमानको हत्या भयो भनेर आशुं चुहाउने विद्या भण्डारी राष्ट्रपति भएपछी आफ्नो पिडा भुलेर ऐस आरामको जिन्दगी बिताउन मै व्यस्त भएको आरोप लगाए । ओलीले संसद बिघटन गरेर राम्रो काम नगरेको बताउदै यदि अदालतले केपी कै पक्षमा फैसला गरेर निर्वाचन हुने भयो भने कांग्रेस निर्धक्क भएर चुनाब लड्छ यादवले भने ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले दानाको खेती गरेर माना उब्जाउने अनि गरिब र निमुखा जनताको दुःख मर्म बुझ्ने पार्टी कांग्रेस मात्र भएको बताईन । अहिलेको सरकार कम्युनिष्ट हैन यो त् कमाउनिष्ट सरकार रहेछ न्यौपानेले भनिन ।

No description available.

विरोध सभालाई सम्बोधन गर्ने क्रममा महासमिति सदस्य बिन्तीराम यादवले जनता जनार्दन हुन्, अब दुई तिहाईको दम्भमा चलेको कम्युनिष्टको पार्टीलाई जनताले सबक सिकाई दिने बताए ।

No description available.

त्यसै गरि पुर्व महासमिति सदस्य मधु न्यौपानेले नेकपाको सरकारले गरेको ज्याद्दतीका विरुद्द लाग्न सबैलाई आग्रह गरे । उनले भने जहाँ जनताले शान्ति अमन चयनको प्रत्याभूत गर्न पाउदैनन त्यहाँ रेल र पानी जहाज आउछ भनेर कसरी विस्वास गर्ने ?

No description available.

त्यस्तै पुर्व माहाधिबेशन प्रतिनिधि उमाकान्त पन्तले कांग्रेसको पालामा जारि गरेको संबिधानको केपी ओली सरकारले अबहेलना गर्दै संसद बिघटन गर्नु अलोकतान्त्रिक भएको बताए ।

No description available.

नेपाली काङ्ग्रेस दाङ्गका जिल्ला सदस्य राम प्रताप यादवले सुनको चिडिया ( चरा ) बनाउछौ भनेर संसदमा पुगेका कम्युनिष्टका नेताहरु देश र जनताको रक्षा त् गर्न सकेन नै बलात्कारीलाई समेत कानुनी कठघरामा उभ्याउन पनि नसकेको आरोप लगाउदै अब देशको विकास र निकास दिने काम नेपाली काङ्ग्रेसले गर्ने बताए ।

No description available.

अर्का जिल्ला सदस्य देबराज पाठकले प्रधानमन्त्री ओलीले तानाशाही प्रवृति लादेर संसद बिघटन गर्नु जनतालाई धोका दिनु भएको बताए ।

No description available.

नेपाल दलित संघ दाङ्गका पुर्व जिल्ला उपाध्यक्ष चन्द्र परियारले एउटा देश दुईवटा ड्राइभरले चलाउन खोज्दा दुर्घटना भएको बताए ।

No description available.

नेपाली कांग्रेसका नेतृ तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देबि यादवले कम्युनिष्टहरुले भ्रम सिर्जना गरिरहेको भन्दै अझै पनि उनीहरुकै पछि लाग्नु भनेको दुःख पाउनु भएको दाबि गरिन । हरेक निकायमा आफ्ना भाई, भतिजा, छोरा छोरी नातागोता भर्ती गर्ने तिर ध्यान गएको समेत उपाध्यक्ष यादवले आरोप लगाईन ।

No description available.

नेपाली कांग्रेस राजपुर १ का वडा सभापती राम बकस चौधरीले नेकपाका केन्द्रिय नेताहरुको आडमा तल्लो तहका कार्यकर्ताले योजनाको काममा हैकम जमाउन खोजेको आरोप लगाए ।

No description available.

राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले अझै पनि जनतालाई भ्रम सिर्जना गरेर आफूतिर तान्ने दुष्प्रयास नगर्न चेतावनी दिए ।

No description available.

नेपाली कांग्रेस ट्रेड युनियन राजपुरका अध्यक्ष पाटेस्वर यादवका अनुशार विकास र समृद्दीका लागि बाम एकता भएको जनताको बुझाई थियो तर यिनीहरुको हर्कत देख्दा बिनाशका लागि रैछ भन्ने जनताको ठहर छ ।

No description available.

त्यसै गरि नेपाली कांग्रेसका युवा नेता तथा नेपाल दलित संघ दाङ्ग क्षेत्र नम्बर १ का सभापती प्रवल रसाईलीले कोरोनाले जनता आक्रान्त भएका बेला, जनता भोक भोकै सडकमा हिड्दा, लकडाउनले ब्यापारी मारमा परेका बेला ति समस्यालाई सम्बोधन गर्न छोडेर सत्ता र स्वार्थका लागि व्यस्त भएको आरोप लगाए ।

No description available.

त्यसै गरि संगठन बिभागका पुर्व क्षेत्रीय सचिव गोबिन्द ओलीले आफु ओली भएर ओलीको विरोध गर्न पर्दा दुःख लागेको भन्दै कम्युनिष्ट भनेका जंगली झार भएको बताए । जब—जब कांग्रेसले अन्न बालि फलाउन शुरु गर्छ तब कम्युनिष्ट बनमारा झार भएर उम्रेको आरोप लगाए ।

No description available.

त्यस्तै तरुण विभागका केन्द्रिय सदस्य अनुराग खड्काले केपी ओली सरकारको कामले जनता आजित भएको बताए । ओलीको तानाशाही शैली धेरै दिन नटिक्ने खड्काको भनाई छ ।

No description available.

नेपाली कांग्रेस राजपुरका सभापती शरद कुमार बुढाथोकीको अध्यक्षता, नेपाली कांग्रेस महासमिति सदस्य तथा विभागीय केन्द्रिय सदस्य अनुराग यादवको प्रमुख आतिथ्यतामा विरोध सभा सम्पन्न भएको हो । नेपाली कांग्रेस राजपुर गाउँपालिका सचिव केशवराम यादवको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई नेपाली कांग्रेस राजपुर गाउँपालिका सदस्य खिम सिंह रानाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन ओम प्रकाश यादवले गरेका थिए ।

No description available.

No description available.


क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस