Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी

कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी


दाङ्ग -नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्वता डिसी चौधरीले दुई तिहाईको सरकार पुरै असफल भै सकेको ठोकुवा गरेकी छन ।

आपसी घर झगडाको रिसले नेपाली जनतालाई निशाना बनाई गरिएको संसद विघटन निकै निच र तुच्छ कार्य भएकोले नेपाली जनताको त्याग र बलिदानले ल्याएको गणतन्त्र र संबिधानको रक्षाको लागि कांग्रेस सदैव अगाडि रहेको उनको भनाई छ । यदि न्यायपालिकाबाट संसद पुर्नस्थापन नभए र निर्वाचन हुने माहोल भए कांग्रेस चुनाबमा जान पनि तयार रहेको डिसी चौधरीले बताईन ।

No description available.

संसद विघटनको बिरोधमा नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ क ले गढवामा निकालेको बिरोध ¥यालीलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य चौधरीले यस्तो बताएकी हुन् । संसद विघटन गरेको बोरोधमा अहिले देशको ३ सय तिस वटै प्रदेश निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन भैरहेको छ ।

No description available.

गढवा गाउँपालिका वडा नम्बर ६ को कोटही मन्दिरबाट निकालिएको बिरोध ¥याली सर्बोदय चोक, थानदेउखरी , कोईलावास रोड हुँदै गढवा बजारमा आएर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागी भएको कार्यकर्ताहरुले सर्व सत्तावाद मुर्दाबाद , पुनर्स्थापना गर , असबैधानिक कदम फिर्ता गर जस्ता नारा लगाएका थिए ।
त्यसैगरी नेपाली कांग्रेस दाङका जिल्ला उपसभापती हिरालाल चौधरीले कम्युनिष्ट सरकारबाट गणतन्त्रको रक्षा हुन नसक्ने भन्दै असंवैधानिक कदमको बिरोध गरेका छन ।

No description available.

कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले सर्व सत्ताबाद कम्युनिस्ट सरकारले गरेको संसद विघटनले कांग्रेसमा दुई थरिका बिचार प्रवाह भई रहेको र संसद पुनर्स्थापनाको लागि सडकबाट जोड्दार माग गर्दै संबिधानको रक्षाको लागि संबिधानको हत्याराहरुलाई खबरदारी गर्नु पर्ने बताए । कार्यक्रममा संबिधान सभा सदस्य शुशिला चौधरी, बिभागिय केन्द्रिय सदस्य अनुराग यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति नारायण बिसी, वैदेशिक रोजगार लोकतान्त्रिक फोरमका पुर्व केन्द्रिय अध्यक्ष किरण किशोर घिमिरे , नेपाली कांग्रेस जिल्ला सदस्य हरि भुसाल, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, नेपाल तरुण क्षेत्र नम्बर १ सभापति किरण पौडेल लगाएतले बोलेका थिए ।

No description available.

नेपाली कांग्रेस गढवा गाउँपालिकाका उपसभापति कृष्ण राज पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको बिरोध सभा कार्यक्रमको संचालन नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति बालचन्द्र ठकुरी हमालले गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा १ क का सभापति तारा बहादुर डिसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.


क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस