गृहपृष्ठ ∕ राजनीति ∕ कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी प्रिया स्मृती गजमेर पुस २२, २०७७ गते १९:२४ मा प्रकाशित दाङ्ग -राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले नेकपाको आन्तरिक लडाईको चपेटामा जनता परेको आरोप लगाए ।राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधवार लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन । सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए । जनताले दिएको म्यान्डेड पुरा नगर्दै सिमित स्वार्थको लागि संसद विघटन गर्नु दुखद भएको भन्दै अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको चर्को आलोचना गरे ।सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पिडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे केसीले भने । “लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो”—, यो अप्रजातान्त्रिक, असंबैधानिक तरिकाले संसद बिघटन गर्नलाई हैन—जुन दिन संसद बिघटन भयो सोहि दिन नै जनमोर्चाले समर्थन फिर्ता लिएको हो” अध्यक्ष केसीले भने ।संसद बिघटनको असर अब बिस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट, छैन २०४८ सालमा पनि संसद बिघटन पछि पुनस्थापना भएको इतिहास छ त्यसैले केपी ओली सरकारले बिघटन गरेको संसद तुरुन्तै पुनस्थापना गर्नु पर्ने उनको भनाई छ ।राष्ट्रिय जनमोर्चा दाङ्गले बिहिवार दाङ्गको घोराहीमा संसद बिघटन गरेको विरुद्घमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी दाङ्ग आई पुगेका छन । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिका उपाध्यक्ष तारा प्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सदस्य बसन्त आचार्यको स्वागत र कार्यक्रमको संचालन नगर सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट