गृहपृष्ठ ∕ राजनीति ∕ नेकपाका बहुमत सांसदको भेला : प्रतिनिधिसभाको नियमित काम अघि बढाऊ नेकपाका बहुमत सांसदको भेला : प्रतिनिधिसभाको नियमित काम अघि बढाऊ दीप संञ्चार पुस ६, २०७७ गते १७:४१ मा प्रकाशित काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सांसदले प्रतिनिधिसभाको नियमित प्रक्रिया अघि बढाउनुपर्ने निश्कर्ष निकालेको छ ।सोमबार संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ सांसदको भेलाले प्रधानमन्त्रीले स्वच्छाचारी किसिमले हठात प्रतिचनिधिसभा विघटन गरेको ठहर गर्दै भर्त्सना गरेको छ ।प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी प्रतिनिधिसभा विघटनको सिफारिस गरेको र संविधान संरक्षण गर्नुपर्ने राष्ट्रपति पनि संवेदनशील नभएको नेकपाका बहुमत सांसदहरुको ठहर छ ।संसद विघटन अस्वीकार्य रहेको भन्दै नेकपाका सांसदहरुले अबिलम्ब संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।‘नेपालको संविधान बमोजित प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अगाडि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ ।सदनको प्रक्रिया कसरी अगाडि बढाउने सभामुखले निर्णय गर्नसक्ने नेकपा प्रमुख सचेतक देव गुरुङले बताए ।प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये ९० जनाले संसदको विरोधमा हस्ताक्षर गरेका छन् । राष्ट्रियसभामा नेकपाका ५० सदस्य छन्, जसमध्ये २४ जना प्रचण्ड–माधव नेपाल समूहले बोलाएको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेका छन् ।सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादवसंसद्मा कांग्रेस सांसदहरूको नाराबाजीप्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ४रातिको खानामा यी बानी सुधार गर्नुहोस् ५टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ आयोजना हुदै ! दाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति गोरखापत्र लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर