गृहपृष्ठ ∕ राजनीति ∕ सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली दीप संञ्चार पुस ६, २०७७ गते १५:४३ मा प्रकाशित काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताएका छन्।सोमबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संसद विघटन गर्ने कार्यको बचाउ गरेका हुन्।जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाए।सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको चौतर्फ आलोचना भइरहेको छ। उनले आफ्नै पार्टीका नेताहरुले प्रतिपक्षभन्दा चर्को रुपमा सरकारको विरोध गरेका कारण काम गर्नै नसकिएको अवस्था सिर्जना भएको बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट