गृहपृष्ठ ∕ राजनीति ∕ संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह दीप संञ्चार पुस ६, २०७७ गते १३:१३ मा प्रकाशित काठमाडौँ– नेकपाका पूर्वसांसदहरु तथा केन्द्रीय तथा स्थायी समिति सदस्यहरुले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेटेर असंवैधानिक कदममा साथ नदिन आग्रह गरेका छन्।उपत्यकामा रहेका स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, अर्का नेता मायाप्रसाद शर्मालगायतले बादललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविरोधी रहेको उल्लेख गर्दै यसमा तत्काल अडान लिन भनेका छन्।बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई बोलाएर ब्रिफिङ गरे पनि गृहमन्त्री बादल भने उपस्थित थिएनन्।उनले मन्त्रीनिवास पुल्चोकमै रहेर नेताहरुसँग भेट गरेका छन्।नेताहरुले बादललाई ‘तपाईँको निर्णय ढिलो भइसक्यो, अन्य सात मन्त्रीहरुले राजीनामा दिइसके’ भन्दा उनी भने केही बोलेनन्। उनीहरुले बादललाई तत्काल राजीनामा दिन आग्रहसमेत गरेका थिए।अधिकांश समय मौन रहेका गृहमन्त्री बादलले भेटघाटको अन्त्यमा भने आफूले दुवै पक्षसँग सल्लाह गरेर निर्णय गर्ने जानकारी गराएका थिए।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल