Techie IT
×
गृहपृष्ठराजनीतिकम्युनिष्टका खम्बा मानिएका राना सहित एकाउन्न जना नेपाली कांग्रेसमा प्रवेश, नेकपालाई झट्का

कम्युनिष्टका खम्बा मानिएका राना सहित एकाउन्न जना नेपाली कांग्रेसमा प्रवेश, नेकपालाई झट्का


दाङ्ग—तत्कालिन राजपुर गाबिसमा कम्युनिष्टलाई स्थापित गराउन भूमिका खेलेका राजपुर ७ तालि खोलाका खिम सिंह रानाको नेतृत्वमा झन्डै एकाउन्न जना नेपाल कम्युनिष्ट पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन । राना संगै एकाउन्न जना नेपाली कांग्रेसमा प्रवेश गर्दा तालि गाउँ नै कांग्रेसमय बनेको छ ।

Image may contain: 6 people, people standing and outdoor

पच्चीस वर्ष कम्युनिष्ट पार्टीमा लागेर योगदान त् गरे तर उनको योगदानलाई नेतृत्व तहले खास्सै वास्ता नगर्दा उनको चित्त दुखाई भएको बताए । कांग्रेसको गढ मानिएको त्यस क्षेत्रमा कम्युनिष्ट जन्माउनु सामान्य कुरा थिएन तर पनि रानाले हिम्मत नहारेर एक बाट दुई र दुई बाट चार गर्दै कम्युनिष्ट जन्माएको बताउछन । पार्टीमा इमान्दार मान्छेको मौका कहिले न आउदो रैछ धेरै समय प्रतीक्षा गरे अबत धैर्यताको बाँध टुटे पछी मैले आफ्नो बाटो रोजे रानाले भने ।

Image may contain: 2 people, people standing and outdoor

नेकपा परित्याग गरि कांग्रेसमा आउनेहरुको एउटै गुनासो रहेको छ त्यो हो नातावाद । गाउँ घरमा कुनै पनि अवशर आउँदा आफ्ना भाई भातिजाहरुलाई अघि सार्ने हामीलाई फरक ब्यबहार गर्ने गरेको उनीहरुले बताए । हामी माथि सधै सौतेलो ब्यबहार भयो, हाम्रो आवाज गाउँ भन्दा माथि पुग्न सकिन त्यस कारण हामी बाध्य भयौं नव प्रबेशि इन्द्र ओलीले भने ।

Image may contain: 1 person, standing and outdoor

देशको समसामयिक घटनाक्रमले गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गर्नेको संख्या दिनहुँ बढेर गएको छ । दैनिक जसो नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । वास्तब मै भन्ने हो भने यति बेला दाङ्ग कांग्रेसलाई नव आगन्तुक कार्यकर्तालाई पार्टी प्रवेशका लागि समय व्यवस्थापन गर्ने हम्मे हम्मे परेको छ । दुई÷तिन महिनाको अन्तरालमा पार्टी त्यागेर नेपाली कांग्रेसमा झन्डै एक हजार बढी आएका छन ।

Image may contain: 6 people, people standing and outdoor

पछिलो समय कम्युनिष्टको कार्यशैली देखेर असन्तुस्ट बनेका कार्यकर्ताहरु हाम्रो पार्टीमा आएका छन्, देश र जनताका लागि केहि गर्छन कि भनेर कम्युनिष्टको पछि लागेका जनतालाई निरास बनाउने काम भयो, “आफ्नो स्वार्थ मात्र पुरा गर्न खोजे पछि नेपाली कांग्रेसमा आउनेको संख्या बढ्दो छ” दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेष राज पाण्डेले भने । नेपाली काङ्ग्रेसमा आउन चाहनेहरुको दैनिक जसो फोन आउने गर्छ, तर हामीले समय दिन सकेका छैनौ सभापति पाण्डेले भने ।

Image may contain: 5 people, including Bheshraj Pandeya, people standing

कार्यक्रममा नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, लोकराज केसी, धनपती यादव, नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय उपाध्यक्ष पवन कुमार यादव, भिम बहादुर खड्का, नेपाली काँग्रेस राजपुर गाउँपालिकाका सभापति शरद कुमार बुढाथोकी लगायतको टोलीले पार्टी प्रवेश गराएको हो । कार्यक्रमको संचालन नेपाली कांग्रेसका युवा नेता लालबिर खड्काले गरेका थिए ।

Image may contain: 13 people, including Vijan Aviral, people standing and outdoor

Image may contain: 9 people, people standing and outdoor

Image may contain: 9 people, people standing and outdoor

Image may contain: one or more people and outdoor

 


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस