गृहपृष्ठ ∕ राजनीति ∕ ब्रेकिङ्ग न्यूज : राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद् विघटन्, बैशाख १७ र २७ गते निर्वाचन हुने ब्रेकिङ्ग न्यूज : राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद् विघटन्, बैशाख १७ र २७ गते निर्वाचन हुने दीप संञ्चार पुस ५, २०७७ गते १५:३७ मा प्रकाशित काठमाडौं (जीएनएन ) : काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा ताजा जनादेशका लागि ३० अप्रिल २०२१ का दिन पहिलो चरणमा र १० मे २०२१ का दिन दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुकै असहमतिका बीच संसद विघटनको निर्णय गरेका थिए ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो निर्णय सुनाएका थिए। श्रोतका अनुसार मंत्रीहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र वर्षमान पुनले प्रधानमंत्रीलाई उनको निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।प्रधानमंत्रीले पर्यटन मंत्री योगेश भट्टराईलाई बोल्नै नदिएको श्रोतहरुले जनाएका छन्। यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटन गर्ने सिफारिसको राजनीतिकरूपले प्रतिवाद गर्ने बताएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबैमा आग्रह समेत गरेका छन् ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले संसद विघटन गर्न गरेको सिफारिस को कडा आलोचना गरेका छन्। उनले प्रधानमंत्रीको कदम लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएको पनि बताए। सत्तारुढ दल भित्र गएको कैयौं महिना देखि सत्ता संघर्ष चर्कदै जाँदा प्रधान मंत्री ओलीले पछिल्लो निर्णय गरेका हुन्।उनी माथि प्रधानमंत्री वा पार्टी अध्यक्ष मध्ये एक पद त्याग्न अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल सहित पार्टीका बहुमत नेताहरुले दबाब दिंदै आएका थिए।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको…प्रधानमन्त्री देउवा : गणतन्त्र संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था होभोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित…नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ८त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ताजा अपडेट पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद अर्घाखाँची सेवा समाज कतारले पाँचौ अधिवेशन गर्दै कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर नफाल्ने गगन थापाको दाबी काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल,पेट्रोल पम्पको शौचालय सार्वजनिक प्रयोगमा ल्याउने निर्णय जहाज दुर्घटनाग्रस्त स्थल – शव चिनिने अवस्थामा छैनन् दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान