गृहपृष्ठ ∕ राजनीति ∕ ब्रेकिङ्ग न्यूज : राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद् विघटन्, बैशाख १७ र २७ गते निर्वाचन हुने ब्रेकिङ्ग न्यूज : राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संसद् विघटन्, बैशाख १७ र २७ गते निर्वाचन हुने दीप संञ्चार पुस ५, २०७७ गते १५:३७ मा प्रकाशित काठमाडौं (जीएनएन ) : काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् ।राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विज्ञप्तिमा ताजा जनादेशका लागि ३० अप्रिल २०२१ का दिन पहिलो चरणमा र १० मे २०२१ का दिन दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुकै असहमतिका बीच संसद विघटनको निर्णय गरेका थिए ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो निर्णय सुनाएका थिए। श्रोतका अनुसार मंत्रीहरु घनश्याम भुसाल, प्रदीप ज्ञवाली र वर्षमान पुनले प्रधानमंत्रीलाई उनको निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।प्रधानमंत्रीले पर्यटन मंत्री योगेश भट्टराईलाई बोल्नै नदिएको श्रोतहरुले जनाएका छन्। यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटन गर्ने सिफारिसको राजनीतिकरूपले प्रतिवाद गर्ने बताएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबैमा आग्रह समेत गरेका छन् ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीले संसद विघटन गर्न गरेको सिफारिस को कडा आलोचना गरेका छन्। उनले प्रधानमंत्रीको कदम लोकतन्त्र र गणतन्त्रमाथि खतरा भएको पनि बताए। सत्तारुढ दल भित्र गएको कैयौं महिना देखि सत्ता संघर्ष चर्कदै जाँदा प्रधान मंत्री ओलीले पछिल्लो निर्णय गरेका हुन्।उनी माथि प्रधानमंत्री वा पार्टी अध्यक्ष मध्ये एक पद त्याग्न अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल सहित पार्टीका बहुमत नेताहरुले दबाब दिंदै आएका थिए।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न