गृहपृष्ठ ∕ राजनीति ∕ बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन दीप संञ्चार पुस ५, २०७७ गते १३:४४ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रीहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय लिने ती मन्त्रीले बताए।‘एउटै क्याबिनेटमा भएका मन्त्रीहरुलाई जानकारीसमेत नदिई अध्यादेश ल्याइयो। आइतबारको मन्त्रिपरिषद बैठकमा पनि हामीलाई त्यस्तै गरियो’ ती मन्त्रीले भने, ‘गल्ती प्रधानमन्त्रीले गर्ने, दोषी हामी सबै मन्त्री हुनुपर्ने कुरा ठीक होइन।’प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आइसकेको छैन। यद्यपि, राष्ट्रपतिका एक जना सल्लाहकार लालबाबु यादवले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताइसकेका छन्।मन्त्रीहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि राष्ट्रपतिको निर्णयपछि मात्र पत्रकार सम्मेलनको आधिकारिक जानकारी दिइने ती मन्त्रीले बताए। उनका अनुसार राष्ट्रपतिले विवेक पुर्याएमा देशमा विद्यमान संकट तत्कालका लागि समाधान हुनेछ। यदि राष्ट्रपतिले असंवैधानिक सिफारिसलाई अनुमोदन गरेमा ओली सरकारमा बसिरहनुको कुनै औचित्य छैन।पत्रकार सम्मेलन कहाँ र कतिबेला हुने भन्ने विषय खुलाइएको छैन। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटनको सिफारिस स्वीकृत गरेमा नेकपाका बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने निश्चित छ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकाठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन !सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !