गृहपृष्ठ ∕ राजनीति ∕ बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने, केहीबेरमा पत्रकार सम्मेलन दीप संञ्चार पुस ५, २०७७ गते १३:४४ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरुलाई समेत नसोधी संसद बिघटनको प्रस्ताव गरेपछि बहुमत मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। मन्त्रीहरुले केहीबेरमा पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय लिने ती मन्त्रीले बताए।‘एउटै क्याबिनेटमा भएका मन्त्रीहरुलाई जानकारीसमेत नदिई अध्यादेश ल्याइयो। आइतबारको मन्त्रिपरिषद बैठकमा पनि हामीलाई त्यस्तै गरियो’ ती मन्त्रीले भने, ‘गल्ती प्रधानमन्त्रीले गर्ने, दोषी हामी सबै मन्त्री हुनुपर्ने कुरा ठीक होइन।’प्रधानमन्त्री ओलीले गरेको संसद बिघटनको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गर्ने वा नगर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आइसकेको छैन। यद्यपि, राष्ट्रपतिका एक जना सल्लाहकार लालबाबु यादवले सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताइसकेका छन्।मन्त्रीहरुले सामूहिक रुपमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि राष्ट्रपतिको निर्णयपछि मात्र पत्रकार सम्मेलनको आधिकारिक जानकारी दिइने ती मन्त्रीले बताए। उनका अनुसार राष्ट्रपतिले विवेक पुर्याएमा देशमा विद्यमान संकट तत्कालका लागि समाधान हुनेछ। यदि राष्ट्रपतिले असंवैधानिक सिफारिसलाई अनुमोदन गरेमा ओली सरकारमा बसिरहनुको कुनै औचित्य छैन।पत्रकार सम्मेलन कहाँ र कतिबेला हुने भन्ने विषय खुलाइएको छैन। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटनको सिफारिस स्वीकृत गरेमा नेकपाका बहुमत मन्त्रीहरु सरकारबाट बाहिरिने निश्चित छ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट