गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस् राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस् दीप संञ्चार पुस ५, २०७७ गते १३:२५ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।विज्ञप्तिमा शर्माले भनेका छन्, ‘यस्तो असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरू, सबै राजनीतिक दल, संघ-संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गर्दछ ।’चुनावको बेला स्थिरताको चर्को नारा दिएको स्मरण गराउँदै शर्माले अगाडि भनेका छन्, ‘आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ ।’ शर्माले जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भनेका छन् ।उनले विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा पार्टीले लिएको बताउँदै त्यसलाई असफल तुल्याइने पनि भनेका छन् ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल