गृहपृष्ठ ∕ राजनीति ∕ रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव रेशम चौधरीलाई रिहा गरेर राजनीतिक सहमति खोजौं — जसपा अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस ५, २०७७ गते १३:१४ मा प्रकाशित दाङ्ग – जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गरेर राजनीतिक समाधान खोजिनु पर्ने बताए । त्यो मुद्दालाई राजनीतिक हल गरिनु पर्छ, यदि रेशम चौधरीलाई रिहाई गरिएन भने हाम्रो बिद्रोह पनि रोकिने छैन यादवले भने ।दाङ्गको लमहीमा देउखुरी टुडे संचार प्रालिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले बर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गर्नमै व्यस्त रहेको आरोप लगाएका छन । दुई तिहाईको दम्भमा ओली सरकार मानसिक सन्तुलन गुमाई सकेको छ, जनताको अपार माया पाएर पनि सत्तामा पुगेपछि आफ्नो नैतिक जिम्मेवारी भुली सकेको छ यादवले भने ।कुनै पनि मुलुकमा राजनीतिक घटनाक्रमका समाधान राजनीतिक नै हुनु पर्ने बताउदै राजनीतिक घटनाक्रमलाई अपराधिक रंग दिएर जेलमा हाल्ने, थुन्ने हो भने कुनै पनि हालतमा समाधान नहुने अध्यक्ष यादवको भनाई छ । सरकार गलत दिशा तर्फ अघि बढेको छ, बिगतका घटना हेर्ने हो भने टाउकाको मूल्य तोकिएकै हो, राजतन्त्रका बेला रामराजा प्रसाद सिंहलाई त् सर्बोच्चले फाँसीको सजाय घोषाणा गरेको स्मरण गर्दै धेरै मान्छे कैयौं वर्ष जेल जीवन बिताएका थिए ।के त्यति गरेर पनि के राजनीति अभिष्ट पुरा भयोत ? के राजतन्त्र टिक्यो त ?उनले प्रश्न गरे ।जब सम्म असमानता र विभेद रहन्छ तब सम्म यस्तै बिद्रोह चलिरहने समेत यादवले बताए । मलाई थुनेर मधेसको मुद्दालाई ब्युताउन खोजेका थिए झन् ठुलो विस्फोट हुन् गयो उनले भने ।लुम्बिनी प्रदेश समाजबादी महिला संघमा आबद्घ महिलाहरुका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न पार्टी अध्यक्ष यादव दाङ्ग आएको लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए । लुम्बिनी प्रदेशका बाह्र वटा जिल्लाका एक सय भन्दा बढी महिलाहरु कार्यक्रममा सहभागी भएका छन् उक्त प्रशिक्षण आइतवार र सोमवार गरि दुई दिन चल्ने छ ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट